२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

सम्पादकिय : जोखिम न्यूनिकरणतर्फ केन्द्रीत होऔँ

  • २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • भदौ ८, २०७७

    सिन्धुपाल्चोक र प्रकोप उस्तै उस्तै जस्तो हुन थालेको छ । हरेक बर्ष सिन्धुपाल्चोकले कुनै न कुनै क्षति बेहोर्दै आएको पाइन्छ । प्रकोपको कुरा आउने बित्तिकै सिन्धुपाल्चोकको नाम अगाडि आइहाल्छ । आखिर हरेक विपत्ति सिन्धुपाल्चोकमै किन भइरन्छ ? यो हुनुमा प्रकृतिको मात्रै दोष छकि हामी पनि दोषी छौ ? अब हाम्रो ध्यान तेता जान जरुरी छ ।

    ०७१ असार महिनामा जुरेमा अकल्पनिय घटना हुँदा ठुलो जनधनको क्षति भयो । ०७२ सालको विनासकारी भूकम्पले पनि सबैभन्दा बढी मानविय क्षति सिन्धुपाल्चोकमै गर्यो । ७२ को भूकम्पले जिल्लालाई दीर्घकालिन रुपमा धराप थापेर गएको छ । भूकम्पले जमिन चिराचिरा पारेकोले अहिले पनि ठाउँ ठाउँमा बाढी पहिरोले ठुलो क्षति गरिरहेको छ ।

    भूकम्पले जमिन फाट्दा बस्तिनै जोखिममा परेको भन्दै जुगल गाउँपालिकाका लिदिबासीले स्थानीय सरकार र जिल्ला प्रशासनलाई बस्ती सारीदिन अनुरोध गर्दा पनी सुनुवाइ भएन । साउन अन्तिम साता पहिरोका कारण ३३ जनाको ज्यान गयो । अझै ६ जना बेपत्ता छन् । अब यसलाई पाकृतिक प्रकोप भन्ने कि सरोकारवाला निकायको बेवास्ताका कारण घटेको घटनाको रुपमा लिने ?

    आफ्नो ज्यान जोगाइदिन लिदिबासिले पटक पटक अनुरोध गर्दा पनि वास्ता नगर्ने स्थानीय सरकार र जिल्ला विपद व्यवस्थापन समितिले यसको जिम्वेवारी लिनु पर्छ कि पर्दैन ? गुहार माग्न आउँदा अबदेखि यस्तो कुरा दिएर म कहाँ नआउनु भन्ने प्रमुख जिल्ला अधिकारीलाई कारबाहि हुन जरुरी होला कि नहोला ?

    लिदि घटनापछि यतिबेला प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकारका प्रमुखबीच आरोप प्रत्यारोप चलिरहेको छ । अझै पनि जिल्लामा दर्जनौ बस्तिहरु जोखिममा छन् ।

    जोखिमयुक्त बस्तिलाइ सुरक्षित स्थानमा सार्नतिर भन्दा पनि सरोकारवाला निकाय नै यसरी एकले अर्कालाइ आरोप लगाउनतिर लाग्ने हो । भने पुनः अर्को घटना नघट्ला भन्न सकिन्न । त्यसैले आरोप प्रत्यारोप बन्द गरौं जोखिम न्यूनिकरणतिर केन्द्रीत हुनु जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस