२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

‘सबैकाे विश्वास कायम राख्छु, कसैलाई विश्वासघात गर्ने छैन’

  • २०७९ जेष्ठ ६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • जेठ ६, २०७९

    बलेफी गाउँपालिकाका आदरणीय आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु
    नमस्कार ।

    तपाइहरुले अमुल्य मत दिएर विजयी गराउनु भयो, मैले आज बलेफी गाउँपालिकाको अध्यक्षका रुपमा बलेफीका जनाताको नाममा सपथ लिएको छु ।
    तपाइहरुले गर्नु भएको विश्वास कायम राख्ने छु, विश्वासघात गर्ने छैन, बलेफी गाउँपालिका बासीको शिर झुक्ने काम गर्ने छैन । समृद्ध बलेफी निर्माणका लागि जनताका सँगै बसेर योजना निर्माण र कार्यान्वयनमा लाग्ने छु । पक्षपातपूर्ण व्यवहार गर्ने छैन ।

    काम गरेर खाने वर्ग, किसान, मजदुरका लागि पालिकाबाट गर्न सकिने काममा हरदिन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दछु । संघ र प्रदेशसँग समन्वयमा काम गर्ने छु । आठवटै वडाबाट निर्वाचित वडा अध्यक्षहरु, सदस्यहरु र कार्यपालिकाको टिमसँग समन्वयमा बलेफीको विकास र समृद्धिका पक्षमा काम गर्ने छु ।

    पालिका अध्यक्षका रुपमा साझा र बलेफीका बासिन्दाको सेवक भएर काम गर्ने मेरो अठोटमा यहाँहरुको साथ र सहयोग हुने छ भन्नेमा विश्वस्त छु । यो क्षणमा विद्यार्थी राजनीति, उथलपुथलकारी जनयुद्ध, जनआन्दोलन, विभिन्न कालखण्डमा भएका संघर्षका सहयात्रीहरुलाई सम्झिएको छु । सहिदहरुलाई सम्झिएको छु, वेपत्ताहरुलाई सम्झिएको छु, घाइते, अपांगहरुलाई सम्झिएको छु ।

    हिजो देखिका हाम्रा सपना र अठोटहरुलाई सम्झिएको छु । कसैलाई भुल्ने छैन ।
    मलाई राजनीतिमा लाग्न प्रेरणा दिनेदेखि गाउँपालिकाको अध्यक्षको उमेदवार बनाउन विश्वास गर्ने हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) र नेतृत्व पंक्तिलाई सम्झेको छु । यस पटक ‘प्रवेश’लाई जिताउनु पर्छ भनेर अहोरात्र खट्ने सबै उमेरका प्रिय कमरेडहरु, मजुदर, किसान, श्रमजिवी, शिक्षक, बुद्धिजिवी, कलाकार, पत्रकार, साहित्यकार, उद्योगी, व्यापारी सबै सबैलाई सम्झेको छु । तपाइहरुको साथ र सहयोगले मात्रै भ्रष्टाचार मुक्त र समृद्ध बलेफी बनाउन सकिन्छ, समाजमा विभिन्न नाममा व्याप्त विभेदहरु हटाउन सकिन्छ भन्ने लागेको छ ।

    फेरि पनि सम्पूर्ण बलेफीबासीमा हार्दिक आभार व्यक्त गर्दछु । रचनात्मक एवं सृजनात्मक सल्लाह एवं सुझावका लागि गाउँपालिकाको ढोका सँधै खुल्ला रहने छ । संघीयता कार्यान्वयनको यस चरणमा पालिकामा बसेर गर्नु पर्ने काम धेरै छन् । बलेफीका बासिन्दाको अवस्था परिवर्तन गर्ने हाम्रो संकल्पमा साथ र सहयोगका लागि फेरि पनि आग्रह गर्दछु ।

    गंगा बहादुर तामाङ ‘प्रवेश’
    अध्यक्ष, बलेफी गाउँपालिका
    बागमती प्रदेश

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस