२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

मन्त्री दुलालको दाबी- ३ बर्षभित्र वडा केन्द्रित सबै सडक कालोपत्र हुन्छ 

  • २०८० माघ १९, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • चाैतारा । बागमती प्रदेश भाैतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले आगामी ३ बर्ष भित्रमा आफ्नाे निर्वाचन (प्रदेश सभा) क्षेत्र भित्रका पालिका तथा वडा केन्द्रित मुख्य सडक कालाेपत्र भइसक्ने दाबी गरेका छन्  ।

    शुक्रबार गृह जिल्लाकाे सिद्धगणेश माध्यामिक विद्यालयकाे ६२ औं बार्षिकाेत्सव समारोहलाई सम्बाेधन गर्दै हाल प्राथमिकिकरणकाे आधारमा सडक तथा भाैतिक निर्माणकाे काम भइरहेकाे बताए ।

    आफ्नाे ५ बर्षे संसद कार्यकाल भित्रमा आफ्नाे निर्वाचन क्षेत्रका भाैतिक निर्माण कार्यले चमत्कारिक उपलब्धि हासिल गर्ने उनको भनाइ छ।

    आफू सामाजिक विकास मन्त्री हुँदा सुरु गरेकाे एक विद्यालय एक नर्स कार्यक्रमले राम्रो उपलब्धि हासिल गरेकाे बताउदै यसै बर्षदेखि मावि सञ्चालन रहेका सबै विद्यालयहरुमा एक विद्यालय एक नर्स कार्यक्रम लागू हुने बताए । 

    विद्यालयले संथागत विकासकाे लागि सहयाेग गर्ने दाताहरूलाई दाेेसल्ला तथा खादा माला लगाएर सम्मान गरेकाे थियाे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस