२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

अमेरिकी चुुनाव : एक सहरमा कुकुर बन्यो मेयर !

  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित ३ साल अघि
  • कात्तिक २२, २०७७

    एजेन्सी : विश्वकै शक्तिशाली मुलुक अमेरिकामा नयाँ राष्ट्रपतिका लागि भएको चुनावको मतगणना जारी छ र नयाँ राष्ट्रपतिका लागि डोनाल्ड ट्रम्प र जो बाइडनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

    तर त्यही अमेरिकाको एउटा सहरमा चाहिँ एक कुकुरले मेयरमा चुनाव जितेको छ । अमेरिकाको केन्टकी राज्यस्थित बूने काउन्टीमा पर्ने र्‍याबिट ह्यास सहरमा विल्बर बिस्ट नामको कुकुरले बकाइदा चुनाव जितेर मेयर बनेको हो ।

    फ्रेन्च बुलडग नश्लको उक्त कुकुरले जम्मा २२ हजार ९८५ मतमध्ये १३ हजार १४३ मत प्राप्त गरेर मेयरमा निर्वाचित भयो ।

    मेयर पदमा निर्वाचित हुनका लागि विल्बरले प्राप्त गरेको मत त्यहाँको निर्वाचन इतिहासमै अहिलेसम्मकै सर्वाधिक मत रहेको बताइएको छ ।

    निर्वाचनमा ज्याक र्‍याबिट नामको कुकुर उसको निकटतम प्रतिद्वन्दी बनेको छ । सन् २०१७ देखि उक्त सहरमा ब्रेन्नेथ पाल्ट्रो मेयरको रुपमा कार्यरत रहेको थियो । स्मरणीय त के छ भने निवर्तमान मेयर पाल्ट्रो पनि कुकुर नै हो ।

    सहरको राजदूतको रुपमा कार्यरत लेडी स्टोन नामक कुकुरले विल्बर मेयर पदमा निर्वाचित भएको आधिकारिक घोषणा ट्वीटरमा गरको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस