२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

सम्पादकीय : विरोधको लागि विरोध होइन, काममा जुटौँ

  • २०७८ आश्विन ४, सोमबार मा प्रकाशित २ साल अघि
  • असोज ४, २०७८

    हाम्रो देशको राजनिति यतिबेला भद्रगोलको अवस्थाबाट गुज्रिरहेको छ । जनताको मतबाटै राजनितिक दलको हैसियत बनाएका दलहरु जनतालाई सधैं ढाँटछल र आफ्नो मात्र स्वार्थमै लिप्त भएकाले देशको राजनितिक अवस्था भद्रगोल बन्न पुगेका हो । दलका नेताहरु जनहितलाई सिरोपर गर्नु भन्दापनि कसरी हुन्छ ?

    सत्तामा कसरी पुग्न ? पुग्ने बाटो मात्र सोच्न थालेपछि मतादान गर्ने जनता समेत निरास भएका छन् । देशको राजनिति सहि ठाउँमा हुनको लागि सत्ता पक्ष र प्रतिपक्ष दुबै जिम्मेवार हुन जरुरी हुन्छ ।

    सत्तामा आसिन हुनेले सधैं सत्तामा भइदैन र पुनः सत्तामा पुग्न जनताको मन जित्ने काम गर्नुपर्छ भन्ने कुरा भुल्नु हुँदैन । र, प्रतिपक्षले पनि हिजो सत्तामा रहँदा के राम्रो काम गरें बिचार गरेर मात्र सरकारको विरोध र आलोचना गर्नुपर्छ । होइन, भने विरोधको लागि विरोध मात्र हुनेछ ।

    अहिलेका नागरिक भनेको स्मार्ट नागरिक हुन् । अहिलेको जमानामा हरेक नागरिकको परिवारमा स्मार्ट फोन हुन्छ । र, इन्टरनेटको पहुँचमा पनि हुन्छ । कुनबेला कुन नेताले के बोलेका थिए र उसले बोलेको पुरा गर्छ कि गर्दैन नागरिकले ख्याल गरिराखेका हुन्छन् ।

    राजनितिक दलका नेताहरुले जनतालाई आश्वासन दिने र चुनाव जितिसकेपछि आफुले जनतासामु गरेको बाचा भुल्ने गरेका छन् । यो हाम्रो देशका लागि कुनै नौलो कुरा होइन । हाम्रा नेताहरुको प्रमुख कमजोरी पनि यही हो । दलका नेताहरुको जनता ढाट्ने यस्तै समस्याकै कारण हाम्रो देशको राजनितिक दलको साइजमा फेरबदल आइरहेको छ ।

    २०६४ सालमा माओवादीले जनतालाई मिठो नारा दिएर जनाताको मन जितेर ठुलो दल बन्यो । जनतालाई दिएको आश्वासन पुरागर्न नसन्दा ७० मा आएर माओवादी तेस्रो दलमा खुम्चीन पुग्यो । ७० मा सबैभन्दा ठुलो दल बनेको नेपाली कांग्रेस ७४ मा सालमा पुग्दा दोस्रो स्थानमा पुग्यो । ७४ मा ठुलो दल बनेको एमालले आफुलाई नसच्याउने हो भने, उसको हालत पनि जनताले यस्तै बनाउने निश्चित छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस