२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

मेलम्चीका नविन गिरी बैँककमा सम्मानित

  • २०८१ बैशाख ७, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • चाैतारा । थाइल्यान्डको राजधानी बैँककमा ग्लोबल युथ पार्लियामेन्टद्वारा आयोजित कार्यक्रममा युवा अभियानता नविन गिरी रद योङ अचिभर अवार्ड २०२४ बाट सम्मानित भएका छन् ।

    मेलम्ची नगरपालिका- ८ सिन्धुपाल्चोकका गिरीलाई गत आइतबार एक समाराेहकाबिच थाईल्याण्डका सांसद सुपाकोन ताङ्तीफाई बुन्तान र ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले सम्मान गरेका हुन् ।

    साे समाराेहमा गिरीसहित विभिन्न देशका युवा प्रतिभाहरुलाई अवार्ड प्रदान गरेका थिए । यो अवार्ड युवा तथा उद्दमशिलताकाे क्षेत्र लगाएत विभिन्न विधामा काम गरिरहेका युवाहरुलाई प्रादान गर्ने गरिएको छ।

    सामाजिक रुपमा युवा तथा बालबालिकाको क्षेत्रमा सक्रिय गिरी नेपाल युवा परिषदका कार्यकारी बोर्ड सदस्य एवं बागमती प्रदेशका लागि प्रदेश संयोजक समेत हुन्। चिनारी नेपाल, स्वस्थ समाज नेपाल, लगायतका संस्थारुमा आवद्ध गिरी आफ्नो बाल्यकाल देखिनै सामाजिक रुपमा सक्रिय हुँदै आएका छन्।

    नेपाल युवा परिषदको आयोजनामा हुने राष्ट्रिय युवा सम्मेलन, प्रदेश युवा सम्मेलन, एसिएन बुटक्याम्प, युवा लक्षित उद्यमशीलता, नेतृत्व क्षमता, शिपमुलक कार्य, सूचना प्रविधि क्षेत्र लगायतका विकासका क्षेत्रहरूमा दिगो विकासको परिकल्पना सहित उत्प्रेरणात्मक तालिम एवं कार्यक्रमहरुमा गिरी सक्रिय भुमिकामा देखिन्छन्।

    चिनारी नेपालले गर्दै आएको निरन्तर महिला शिक्षा कार्यक्रम, आर्थिक रुपमा विपन्न परिवारका बालबालिकाहरुलाई छात्रवृत्ति सेवा, स्वस्थ समाज नेपाल मार्फत शारिरिक तथा मानसिक रुपमा अपाङ्गता भएका बालबालिकाहरुको नियमित दिवा सेवा जस्ता कार्यक्रममा गिरी कृयाशिल रहदै आएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस