२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

रामको जन्म र भेटेको सिक्का

  • २०७७ श्रावण १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • साउन १४, २०७७
    चौताराः सौख है साधना हो । खोला बगर पुगेपछि मलाई बगरका ढुंगाबाट चित्र बनाउने आतुरता हुन्छ । म ईमिस तालिमका लागि गैडाकोटमा पुगेको थिएँ ।

    व्यापक गर्मी । तालिम पछि मेरो अधिकतर समय नारायणघाट नवलवरासी जोड्ने पुल वरपर नै वित्ने गरेको थियो । तालिम ७ दिनको थियो । जेठ महिनाको अन्तिम दिन थियो । हाम्रो दिउँसोको बसाई नवलपरासीको गैंडाकोट स्थित न्यू अंकल गेष्ट हाउसमा थियो ।

    दिउसो तापक्रमले गर्दा तालिम भएको थिएन । त्यहाँ एउटा नेपाली चलचित्र छड्केको सुटिङ टिम पनि हाम्रो होटलमा थियो । उनीहरुले हामी तालिमेहरुलाई सलंग्न गरेर एक दुई सिन सुट गर्ने योजना बनाएका रहेछन् । सबै साथी त्यतै रमाएँ । र म निस्किएँ नारायणी पुलतिर ।

    एक्लै पर किनारामा गएर खेल्न थालें । बगरका ढुंगाहरुको चित्र बनाएर । र मोबाइलमा कैद गर्दै रहें । बगरमा ढुंगा खोज्दै गर्दा एउटा सिक्का मेरो हातमा पर्यो । रामकालिन मुद्रा । राम विवाहको प्रतीक भएको पैसा ।

    यतिबेला राम जन्म भूमिको प्रसंग चलिरहेको अबस्था मैले त्यो सम्झिएर पुरानो हार्डडिक्सबाट तत् समयको फोटो तथा लेखहरु पनि पढें ।

    लोकमणि पौडेलको एउटा लेख पढेको थिएँ । हातमा ८ वर्ष पहिला नारायणीमा भेटेको त्यो मुद्रा अनि यी तर्क कतै राम नेपालमै जन्मेका हुन् भन्ने विस्वासका वलिया हुँदै गरेका आधारहरु।

    लखनऊमा रहेको अयोध्या सक्कली होइन र विभिन्न तथ्यांकहरुले त्यसलाई रामको जन्मभूमि सिद्ध गर्न सक्दैनन् भन्ने निष्कर्षमा पुगे पछि हाम्रा अगाडी अर्को प्रश्न तेर्सिन्छ। त्यसोभए सक्कली अयोध्या कुन हो र कहाँ छ ?

    यसका लागि विभिन्न किसिमले अध्ययन गर्दा हामी नेपालको चितवन जिल्लामा अवस्थित माडीमा पुग्नुपर्ने हुन्छ । केही समय पहिले सम्म त्यहाँ स्थित एउटा गाविस को नाउँ अयोध्यापुरी रहेको थियो। अहिले माडी नगरपालिका भएपछि अयोध्यापुरी क्षेत्र वडा नम्बर ७ र ८ भित्र समेटिएको छ।

    जो प्राचीन समय देखि नै अयोध्यापुरी कै नामले जानिन्थ्यो। जुन कुरा महाभारतमा समेत उल्लेख गरिएको भेटिन्छ । अयोध्यालाई प्रायः अयोध्यापुरी भनिन्थ्यो। त्यो क्षेत्र नै वास्तविक अयोध्या हुनुपर्छ। एसका लागि केही तर्कहरु को सहारा लिनुपर्ने देखिन्छ ।

    १. सो ठाउँबाट जनकपुर को सिधा दूरी करीब १५० किलोमिटर पूर्वमा पर्छ भने वाल्मीकि आश्रम करीब ३५ किलोमिटर पश्चिममा पर्छ । त्यहाँबाट रथमा चढेर एकैदिनमा वाल्मीकि आश्रम पुगेर फर्कन सम्भव छ ।जो प्राचीन समयदेखि नै अयोध्यापुरीका नामले प्रसिद्ध छ त्यो नै सक्कली अयोध्या हो भन्ने महसूस हुन्छ।

    २. सरयू नदीको प्रसंग स् संस्कृतमा सरको अर्थ ताल छहरो पोखरी आदि हुन्छ। त्यो हिसाबले सरयू भनेको सरबाट बगेर आएको नदी। सरयूको अर्को नाम सरस्वती पनि हो। सरस्वती लाई पारावतघ्नि पनि भनिन्छ। त्यसको अर्थ पर्वतलाई खियाएर, चिरेर, घात गरेर बग्ने नदी हो। अयोध्यापुरी वरिपरि नै सरयूको खोजी हुनु आवश्यक भएको छ।

    ३. देवघाटसँगै मात्र होइन माडी भन्दा केही दक्षिण तर्फ पनि रामनगर नामक गाउँ अवस्थित छ । उक्त रामनगरको नाम पनि महाभारतमा उल्लेख छ। तनहुँको सेन राज्यको हिउँदकालीन राजधानी रहेको सो रामनगर हाल भारतीय सीमा भित्र पर्छ। वरिपरि राम जोडिएका ग्राम र नगरहरुको उपस्थितिले पनि अयोध्यापुरीलाई सक्कली अयोध्या साबित गर्न मद्दत गर्दछ।

    ४. अहिलेको अयोध्यापुरीदेखि पश्चिम नारायणी नदी पार गरेपछि रामग्राम आउँछ। अयोध्यापुरी देखि उत्तरतिर रामपुर छ। अयोध्यापुरी देखि पूर्व सुनसरी जिल्लाको जंगलमा रामले धुनी जगाई आगो तापेको ठाउँ अद्यापि रामधुनीका नामले प्रसिद्ध छ। उता देवघाटसँग जोडिएको रामनगर पनि बिर्सन हुँदैन। पाल्पामा पनि रामपुर छ।
    रामपुरसँगै काली नदीको किनारमा रामघाट छ जहाँबाट राम अन्तर्ध्यान भएका थिए। रामायणमा रामले आफ्नो राज्य विस्तार गरेको प्रसंग उल्लेख छ। वरिपरि का रामनामयुक्त ठाउँहरु रामले विजय प्राप्त गरेका ठाउँहरु हुन सक्छन्।

    राम जन्मेका कहाँ हुन भन्ने नेपाल प्रमाणको नजिक छ । नेपालसँग प्रमाणित गराउन धेरै प्रमाणहरु भएको पुरातत्व छन्, हुन सक्छन्, लुकेर बसेका होलान् ।

    मैले बगरमा चित्र बनाउँन जाँदा रामकालिन मुद्रा पाएँ भने, स्थानीयले उक्त क्षेत्रमा, घर बनाउँदा, भुमि उत्खनन गर्दा, बाटो बनाउँदा, खेत सम्याउदा रामको पालाका सिक्का र मुर्ति अवश्य भेटिएका होलान् । उनीहरुसँग भएका (भुमिमा भेटेका) पुराना सिक्का तथा मुर्तिहरुको अनुसन्धान, अध्ययन र सुरक्षा गरी प्रमाण निकाल्न सकिन्छ । राज्य चनाखो भयो भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस