२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

मेरो देशको होइन जो..

Thumbnail
  • २०७४ आश्विन ६, शुक्रबार मा प्रकाशित ६ साल अघि
    •  प्रेम बानियाँ

    हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
    खन्केर बजे बाँसुरी, चम्केर बजे मुजुर…..
    सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली…जस्ता गीत गाइहिड्ने नेपालीका लागि सन् २०११ को दोस्रो दिन थियो त्यो । हामी सिक्किम–दार्जिलिङ घुम्न गएका थियौं । यात्रा रोचक र रमाइलो भइरहेको थियो । सिक्किमबाट दार्जिलिङ पुगेपछि स्थानीय गाइडले घुम्ने गन्तब्यहरुको फेहरिस्ता सुनाउने क्रममा भन्यो ‘एचएमआई घुम्न नछुटाउनुहोला । उसका अनुसार दार्जिलिङको सवभन्दा आकर्षक गन्तब्य भनेकै (एचएमआई) हिमालय माउन्टेनियरिङ इन्स्टिच्यूट हो । भन्यो ‘भारतको तेन्जिङ नोर्गे शेर्पा भन्ने नाम सुन्नु भएको छ ? संसारमै सवभन्दा पहिलो पटक माउण्ट एभरेष्ट आरोहण गर्ने व्यक्ति, हो उसैको संस्था हो त्यो ।
    जाम् । त्यसो भए .. हामी लाग्यौं त्यतैतिर ।
    पद्यमा नैदु हिमालयन जोलोजिकल पार्क र हिमालय माउन्टेनियरिङ इन्स्टिच्यूट लेखिएको गेटबाट हामी भित्र छिर्यौं । एउटा चिडियाघरभित्र छिर्दा देखिने औसत दृश्यसँगै केही पर पुगेपछि सुरु भयो तेन्जिङ नोर्गे शेर्पाको बिस्मृति ! नेपालीमा अक्षर चिनेदेखि नै नेपाली सन्तान भनेर गौरब गढेको तेन्जिङको तथ्य खुल्दै गयो । ऊ बाँजुञ्जेलको सारा योगदान (अवशेष) लाई त यहाँ भारतले देउतासरी सजाएको रहेछ ! र, गौरबका साथ भनिदोरहेछ –तेन्जिङ नोर्गे शेर्पा महान भारतको महान नागरिक हो, जस्ले संसारमै पहिलो पटक माउण्ट एभरेष्टमा मानव पाइला राख्यो । उसको यो पवित्र भूमिमा तपाईलाई स्वागत छ… यस्तै आवाज माइकबाट गुञ्जिरहेको थियो ।
    एउटा ठूलो संग्रहालय भवनअगाडि तेन्जिङको अस्तु राखिएको भनिएको स्मारक थियो, अलि पर तेन्जिङले सगरमाथा आरोहण गरेको प्रतिमा थियो, पर्वतारोहण संग्राहलयबारे सूचनापार्टी थियो, केही पर संसारभरबाट हिमाल आरोहणका लागि सिक्न आउनेहरुलाई तालिम दिने ठाउँ थियो आदि आदि । मानौं पूरै हिमालय श्रृंखलाको पाठ पढाइहुने स्थान नै यही हो । संग्रहालय भवनभित्र छिरेर हेर्दै थियौं – तेन्जिङले सगरमाथा चढ्दा लगाएको कपडा तथा अरु सामग्रीहरु सजाएर राखिएको थिए, उसले प्रयोग गरेका प्राय सबै सामग्री सजाइएको थियो । त्यसबीच नेपाली अक्षरमा लेखिएको नेपाल भूषण पदक पनि सजाइएको थियो । भित्र फोटो खिच्न निषेध गरेकाले खिच्न पाइएन तर हेरियो सबै र यस्तो लाग्यो तेन्जिङ नोर्गे शेर्पाको ब्यापार खुब फस्टाएको रहेछ भारतलाई ।
    त्यसपछि हामी त्यहाँबाट निस्कियौं गाडी पर्खिरहेको थियो । फेरि उसले भन्यो ‘जाउँ तेन्जिङ रक चढ्न । हामी लाग्यौं – तेन्जिङ रकतिरै । जाँदाजादै बीचमा उही चालक÷गाइडले हामीलाई छाङ्ला लेखिएको एउटा भव्य घर देखायो र भन्यो –तेन्जिङ शेर्पाको घर नै यही हो । पछि थाहा भयो –तेन्जिङले भारतको नागरिकता लिएपछि भारत सरकारले उसलाई दिएको घर रहेछ त्यो ।
    त्यसपछि हामी पुग्यौं तेन्जिङ रक । एउटा ठूलो ढुंगाको सवभन्दा माथि एउटा बलियो फलामे किला ठोकेर त्यसमा डोरीले बाधिएको रहेछ र त्यही डोरीमा समाएर मानिसहरु त्यो ढुंगाको टुप्पोमा पुग्दा रहेछन् । शायद यसैलाई सगरमाथा चढिएको ठान्दा हुन् । र, पैसा तिरेर फर्किंदारहेछन् । हामीले पनि चढ्यौं तेन्जिङ रक अर्थात् हाम्रो गाउँघरतिरको ठूलो ढुंगा !
    यी सब हेरेर त्यहाँबाट गाडीमा फर्किदै गर्दा सम्भेंm –मैले सानैदेखि गाएका ती गीतहरु, किताबमा पढेको सगरमाथाको गौरब र सम्भेंm मेरो देशत्व अनि म त्यही गाडीको शिशामा हेरिरहेको थिएँ – मेरो देश : मेरो फेस !
    लापरबाही ढङ्गबाट सवारी चलाएर दुर्घटना गराएमा चालकले अब दश वर्षसम्म कैद हुने !
    लापरबाही ढङ्गबाट सवारी चलाएर दुर्घटना गराएमा चालकले अब दश वर्षसम्म कैद हुने भएको छ । व्यवस्थापिका संसद््ले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने व्यवस्था पारित गरेको हो । पारित विधेयक २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आउनेछ । सवारी चालकलाई कम्तीमा ३० हजारदेखि एक लाख रुपियाँसम्म जरिवानासमेत हुनेछ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको प्रस्तावले केही नेपाल ऐन संसद््ले मङ्गलबार पारित गरेको हो । विधेयक दुई वर्षदेखि संसद््मा विचाराधीन थियो । विधयेक पारित भएसँगै मौजुदा १६ वटा ऐनका प्रावधान खारेजी र बचाउ गर्नेछ । यस्तै ३० भन्दा बढी ऐनका विभिन्न प्रावधान ऐन कार्यान्वयनमा आएसँगै
    संशोधन हुनेछन् ।
    सरकारले संसद््मा ल्याएको मूल विधेयकमा भने कम्तीमा दुई वर्ष कैद प्रस्ताव गरिएको थियो । तर, संसद््को विधायन समितिअन्तर्गत सांसद् रेवतीरमण भण्डारी नेतृत्वको उपसमितिले त्यसलाई तीन वर्ष बनाएको थियो । प्रचलित मुलुकी ऐनको अदालती बन्दोबस्त ११८ अनुसार तीन वर्ष वा सोभन्दा बढी कैद दाबी गरिएको मुद्दा धरौटीमा राखेर पुर्पक्ष अघि बढाउनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था र संसद््बाट हालै पारित भएको अपराध संहिताअनुसार मिलाई उपसमितिले कम्तीमा तीन वर्षको कैदको व्यवस्था प्रस्ताव गरेको थियो । सोही व्यवस्था संसद््को पूर्ण बैठकले पारित गरेको हो ।
    पारित विधेयकको दफा २६ मा भनिएको छ, ‘कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागी वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारीबाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस वा त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरूप एक्काइस दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसुरको मात्रा अनुसार तीन वर्षदेखि १० वर्षसम्म कैद र तीस हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म जरिवाना हुनेछ । ’
    राहदानी दुरूपयोगमा पाँच वर्ष कैद
    पारित विधेयकले राहदानी ऐन, २०२४ को दफा ५ पनि संशोधन गरेको छ । राहदानी दुरूपयोगमा अब पाँच वर्षसम्म कैद हुनेछ । आफ्नो राहदानी अरूलाई प्रयोग गर्न दिएमा कसुरदारलाई पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ । झुटो बयान दिई राहदानी प्राप्त गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपियाँ जरिवाना हुने व्यवस्था पारित विधेयकले गरेको छ ।
    १६ वटा ऐन खारेजीमा
    संसद््ले पारित गरेको विधेयकले मौजुदा १६ वटा ऐन प्रावधान खारेजी र बचाउ गरेको छ । ऐन कार्यान्वयनमा आएपछि करार ऐन, कोर्ट फी ऐन, गाली बेइज्जती ऐन, जुवा ऐन, भिक्षा माग्ने कसुर ऐन लगायतका ऐनहरू खारेज हुनेछन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस