२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

चुनावपछि फ्रेस हुन सुकुटे पुगे प्रचण्ड, सुनकोसीमा गरे र्‍याफ्टिङ

  • २०७९ मंसिर १४, बुधबार मा प्रकाशित १ साल अघि
  • मंसिर १४, २०७९

    चौतारा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुकुटे पुगेका छन् ।

    निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे पुगेका हुन् ।

    अध्यक्ष प्रचण्डसँग सभामुख अग्नि प्रसाद सापकोटा सहित उनको परिवारका सदस्यहरू सुकुटे पुगेका प्रचण्डले निर्वाचनमा सोचेजस्तो परिणाम नआएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

    प्रचण्डको टोलीलाई सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले स्वागत गरेका थिए ।

    दाहाल सुकुटे स्थित सुकुटे बीच रिसोर्टमा बसेका छन्। प्रचण्डले सुनकोसीमा र्‍याफ्टिङ समेत गरेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस