२०८३ बैशाख १०, बिहिबार | Thu, 23, Apr, 2026

प्रचण्ड-माधवसँगै पार्टी एकता सभामा पुगे झलनाथ खनाल

Jhalanath-khanal
  • २०८२ कार्तिक १९, बुधबार मा प्रकाशित ५ महिना अघि
  • काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि नेकपा माओवादी केन्द्रसहितको एकता घोषणा सभामा सहभागी भएका छन्। भृकुटीमण्डपमा जारी नेकपा माओवादीलगायत ९ दलको एकता सभामा खनाल केही बेरअघि पुगेका हुन्।

    नेता खनालले पार्टीले माओवादी केन्द्रसहितका कम्युनिष्ट घटकहरूबीच हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए। माओवादीसँग एकता गर्ने निर्णयमा असहमति जनाउँदै नेता खनालले आफ्नै नेतृत्वमा पार्टी पुनर्गठन गर्ने घोषणा गरेका थिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस