२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

जलविरे भ्याली क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल विजयी

  • २०७९ चैत्र ५, आईतबार मा प्रकाशित १ साल अघि

  • चैत ५, २०७९

    चाैतारा । ब्रम्हायणी करिडोरस्थित जलविरे भ्यालि क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानल नै विजयी भएको छ ।

    आज भएको निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापतिका उम्मेदवार अच्यूत अधिकारी नेतृत्वको प्यानल नै विजयी भएको हो ।

    अखिल क्रान्तिकारीबाट सचिवमा विक्रम भट्टराई, कोषाध्यक्षमा दिपा सापकोटा र सदस्यमा रिता बि.क., कृष्ण कुमारी गोतामे र अस्मिता श्रेष्ठ बिजयी भएका छन् । समानुपातिकबाट सम्झना नेपाल, सावित्री खड्का, प्रमिला श्रेष्ठ, अशोक ढुंगाना र रेवती पौडेल विजयी भएका छन् ।

    कुल १९१ मत मध्ये खसेको १८० मतमा अखिल क्रान्तिकारीको प्यानलले ७९ मत ल्याएर जित निकालेको हो । नेविसंघका उम्मेदवारले ४९ र अनेरास्ववियुका उम्मेदवारले ४६ मत ल्याएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस