२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

अमित घिमिरेको असफलताको कथा

  • २०७७ फागुन ८, शनिबार मा प्रकाशित ३ साल अघि
  • फागुन ८, २०७७

    एउटा दन्त्य कथा जस्तै वा एउटा स्वरैकल्पना जस्तै । हप्ता दिन अघि ऊ मेरो कुममा खसेकी थिई । कुमबाट पाखुरा हुँदै मेरो हत्केलमा आएकी थिई । लगातार हप्ता दिन । दिनभरी ऊ मेरो ल्यापटपको वरपर खेलिरहन्थ्यी । ४ बजेपछि म उसलाई उही नीलकाढाँको नीलो फूल (नीलिमा) भए ठाउँमा नै छाडिदिने गर्थ्ये । जहाँ हाम्रो पहिलो भेट भएको थियो । जहाँबाट ऊ मेरो समीपमा आएकी थिई । नित्य ६ दिन देखि म ९ बजे अफिसका लागि निस्कन्थ्ये ।

    ऊ मानौ तयारी भएर पर्खेकी हुन्थ्यी । शरदीय यामको कक्राईमा ऊ कापेकी हुन्थ्यी । म हत्केला तेर्स्याउथ्ये ऊ चढ्थी । हामी बात मार्दै हिँड्थ्यौं । दिनभरी ऊ मेरो ल्यापटपको वरपर खेलिरहन्थ्यी । म गीत बजाउथ्ये । “केही मीठो बात गर…..” “जीवन भनूँ त घात छ….” “It’s a human sign When things go wrong When the scent of her lingers And temptation’s strong…..” “प्यार के लिए चार पल कम नही थे…..” “मेरो प्यारकी उमर हो इतनी सनम….” ।

    ऊ कीवोर्डको यत्रतत्र नाचि रहन्थ्यी । हाम्रो आँखा जुध्थ्यो । ऊ रुन्चे मुस्कानमा हुन्थ्यी । म चिया तातो पानी प्यूथ्यें उसलाई म (निर्मम भएर) घण्टी फूल चुढेर राखिदिन्थ्ये । प्रेममा म हत्यारा पनि भएको थिएँ । हिजो ४ बजे म उसलाई उही नीलकाढाँको नीलिमा भए ठाउँमा नै छाडेर घर गएको थिएँ । आज अहिले भर्खर हतार हतार म नीलकाँढाको नीलिमा फूल भएतिर बढें तर ऊ थिइन ।

    यत्रतत्र हेर्दा हेर्दै मेरो नजर नीलकाढाँको झ्याङ मुनीको नालीमा पर्यो । ऊ निस्प्राण भएकी थिई । कमिलाहरु लुछाचुडी गरिरहेका थिए ।आज मायाको अवसान भएको दिन । दिन पनि रोइरहेको छ… र म ।६ दिनको सानिध्य र प्रेम पश्चात तिमीले छाडेर गयौ । तिमी किन आयौ र किन गयौ म हैरान छु । के दर्शाउन के बुझाउँन वा सिकाउन ? मैले त बस् तडप मात्र जाने र बुझेँ । तिमी जन्मनु पर्छ हो तिमी मेरो प्रेमिका भएर नै जन्मनु पर्छ ।

    तिमीलाई हाम्रो पवित्र प्रेमको कसम । यहाँ प्रेम मैलो भएको छ । तिमी नारीको रुपमा अवतरण हुनु पर्छ र सिकाउनु पर्छ प्रेम पवित्र भयो भने बारीको पाटोमा सागर अटाउँन सक्छ भनेर, प्रेममा जात नहुने कुरालाई यथार्थ तुल्याउनु पर्छ । यहाँ जातमा घृणा गरिदै आएको छ, किन पनि भने जातका केही कलंकित व्यक्तिको चरित्रलाई लिएर सिङ्गो वर्गलाई हेला गरिएको छ । जात जन्मले हुने हैन । विवेकले हुने हो, व्यवहारले हुने हो ।

    विवेक शून्य मान्छे ब्राम्हणको योनीबाट जन्मे पनि शुद्र नै हुन्छ । विवेक, विचार, दया, करुणा, इमान्दारिता भएको मावन दलितको योनीबाट जन्मे पनि ऊ कुनै पण्डित भन्दा कम हुन्न, व्यक्तिको प्रवृति वर्गको चरित्र हुन्न यो तिमीले सिकाउनु पर्छ । पवित्र प्रेमको कुनै युग हुन्न । युग कली भनेर आफू स्वयमलाई शरीरबन्दक बनाएर यौन कुण्ठाले ग्रस्त चरम सुखका लागि सर्लक्क सुती दिने र तन्ना भिजाएर फेरि प्रेमकै दुहाई दिनेलाई पुरुषले परित्याक्त गर्छ ।

    उसले बुझ्छ यो मांशपीण्डकी रास सुताउनका लागि मात्र हो घर परिवार र आदर्श जीवनको संगी हैन र भनिदिन्छ “बरु पसल खोल” । तर सबै नारी झुम्राकी पुतली हुन्नन् । एकदुई कुलटाले समन गरेको लिप्सा र कुण्ठाको कहर सबैमा वर्सनु अभिशाप हो । जति प्यास लागे पनि प्यूने पानी हो पानीको भाँडो हैन । भाँडो गतिलो भए सञ्चय हुन्छ माझिन्छ र राखिन्छ उस्तै भाँडो आफालिन्छ ।

    हो तिमीले अभिशापका कहरहरु तोड्नु छ र सिकाउनु छ, प्रेम शरीर समर्पणमा पुगेपछि प्रेम रहन्न, प्यास हुन्छ ।गुमराह र छलकारी भर्चुअल मैदानमा रुपचरित्र, परिचय सबैसबै लुकाएर भावनात्मक खेलवाड गर्नेहरुको जमात निकै बढेको छ । प्रेम मैलो हुनुको प्रवल कारण हो । यो फोहरलाई धुनु छ । तिमीलाई धेरै जिम्मेवारी छ । त्यसैले तिमी जन्मनु पर्छ । छलकारीहरु एकजनासँगको समागमको चिसो योनी लिएर भगवानको परिशरमा अर्कोको काँधमा शिर राखेर गोहीका आँसु चुहाउँछन् । मान्छेलाई के स्वयम् भगवानलाई छल गर्ने यस्ता चरित्रवाहकलाई भष्माभूत गराउन तिमी जन्मनु पर्छ ।

    नारी बस्तु हैन, हुँदै हैन, नारीलाई बस्तुमा रुपान्तरित गर्ने नारीलाई, नारीको सर्वश्रेष्ठता र महानतालाई दक्षको शीर छेदन गरेर वोध गराए झै वोध गराउनु छ । नारी सधैं पुरुषको सत्ता र कुटनीतिमा चलमलाउने कठपुतली हैनन्, सिकाउनु छ । बच्चा पाईदिने थैलो वहाक मेसिन हैनन नारी, उठेका छाती हेरेर लोभको थुक निल्न नारीको सृष्टी भएको हैन । खोंचहरुको लुब्धतामा अपराध र पापहरुको पहाड चुल्याउन नारी अवतरित भएका हैनन् ।

    एकदुई कुलटाहरुको कुकृत्यमा नारीलाई नालीमा अनुदित गर्ने महाभयङकर जंजाल तोड्नु छ, धेरै छ शुद्दिकरण गर्नु पर्ने यसर्थ तिमी जन्मनु नै पर्छ । मेरी प्रिययिनै अनुरोधहरु राख्दै मैले तिमीलाई सदगद गरें । मेरा आँसुहरुले तिम्रो बाटो छेकिएला त्यसैले म अँसु रोइन । म रगत रोइरहेको छु, ताकी तिमीलाई जन्मन कर लागोस् ।

    आमाबुबा दुवैलाई चिताग्नी दिएको म । म एउटा सुन्दर चिता बनाउँछु मेरी पुतलीलाई पोल्नका लागि । र मेरो असफलताको कथालाई पनि चितामा सुताउँछु र आगो झोस्छु । धुँवा हादै मेरो माया कतै वृहत आकाशमा विलिन हुन्छ । म आकाशमा मायालाई खोजिरहन्छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस