२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

व्यथित सिन्धु-प्रतिभा सम्मान साहित्यकार जीवन श्रेष्ठलाई

  • २०७८ कार्तिक २७, शनिबार मा प्रकाशित २ साल अघि
  • कात्तिक २७, २०७८

    चौतारा : नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष एवम् साहित्यकार जीवन श्रेष्ठलाई व्यथित सिन्धु-प्रतिभा सम्मान २०७८ द्वारा सम्मानित गरिएको छ ।

    शनिबार काठमाडौंको साहित्य सदन नेपालको सभाहलमा भएको कार्यक्रममा श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको हो।

    साहित्य सदन नेपाल र व्यथित-सिन्धु प्रतिभा सम्मान कोषद्वारा आयोजित सम्मान अर्पण कार्यक्रममा श्रेष्ठ सहित नरेन्द्रराज पौडेल समेत सम्मानित भएका हुन्।

    साहित्यकार स्व. केदारमान वेथितको स्मृतिमा आयोजित गरिएको हो। व्यथित-सिन्धु प्रतिभा सम्मान कोषले बर्सेनि श्रष्ठा सम्मान गर्दै आएको छ।

    नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको अध्यक्ष समेत रहेका श्रेष्ठ जिल्लामा रहेर लामो समयदेखि साहित्य सिर्जना र पत्रकारितामा सक्रिय छन्।

    श्रेष्ठलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिएको कोषका अध्यक्ष कृष्णप्रसाद सुवेदीले बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस