२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

फेरि आउ कृष्ण

  • २०८० भाद्र २०, बुधबार मा प्रकाशित ७ महिना अघि
  • मन्दिरका खोपाहरुबाट
    मुर्ति र तस्विरहरुबाट
    यज्ञमा गरिने प्रवचनबाट
    निस्केर एकपटक
    फेरि आउ कृष्ण !

    दुनियाँ कुरुक्षेत्र भैरहेको छ,
    आस्थाहरु घाइते भइ लडिरहेका छन्
    धृतराष्ट्रहरु……
    आँखामा पट्टि लगाइ पतित हुदैछन्
    थुप्रैका नियतमा कंसहरु भेटिन्छन्।
    सकुनीहरुले पासा फालिरहेछन,
    द्रौपदीहरुको चिर हरण भैरहेको छ
    युधिष्ठिरहरुको शिर निहुरिरहेको छ,
    अर्जुनहरुको बाणको तिर भाँचिएको छ,

    फेरि आउ कृष्ण
    दुनियाँ बचाउ , फेरि आउ
    तिमी बाँसुरी बजाउदै नबस,
    गोपिनी भुलाउदै नबस्,
    यहाँ गोबर्धन पर्वत होइन ,
    अझ उचाइमा,
    सगरमाथा उचाल्नु परेको छ
    शान्ति,समृद्धि स्थापित गर्नुपरेको छ,
    युवाहरुमा राष्ट्रभक्ति जगाउनु परेको छ।
    धृतराष्ट्रका आँखा  सल्यकृया गर्नुपरेको छ,
    गोपिनीहरुलाइ साक्षर बनाउनुपरेको छ।
    द्रौपदीहरुलाइ काली,भद्रकाली बनाउनु परेको छ !

    फेरि आउ कृष्ण,
    मन्दिरका खोपाहरुबाट
    प्रतिमा र प्रतिबिम्बहरुबाट
    निस्केर
    फेरि आउ कृष्ण !!

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस