२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

गजल

  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ५ साल अघि
  • आभा निरु

    भदौ २०, २०७७

    यहाँ जिन्दगानी यसरी जिएको छ
    जसरी चिठी धागोले बाँधिएको छ ।

    देखिन्न जलेकोभित्र परानी यहाँ
    जसरी नसाहरुले रगत पिएको छ ।

    प्यास लागेर तडपिरहदा मरुभूमिमा
    पीडा दिन घाम झन चर्किएको छ ।

    अवशेष राखी तर्किनेहरु भन्ने गर्छन्
    मायामा अचेल जहर मिसिएको छ ।

    सुरु नहुँदै बसन्त, शिशिर याममा नै
    जिन्दगीको आयाम ओइलिएको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस