२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

गजल

Thumbnail
  • २०७४ कार्तिक ३०, बिहिबार मा प्रकाशित ८ साल अघि
    • देवकी लामिघाते

    भूकम्प पीडित जस्ताकै टहरोमा ठन्डी काट्दैछन्
    राहात नाउँको मन्डी एकसरोमा ठन्डी काट्दैछन्

    कठ्याग्रिएका निला ओठ, चिरा परेका हात गोढा
    कतै धरातलमा त कतै समरोमा ठन्डी काट्दैछन्

    कहाँ पाउनु ऊनका वस्त्र बिहानीको तुसारो छेल्न
    अनाथ सडकमा, अमिर कठ्घरोमा ठन्डी काट्दैछन्

    खबर आउन थाल्यो पत्रपत्रिकाहरूमा पनि
    निल्यो कति जाडोले, कति अध्मरोमा ठन्डी काट्दैछन्

    २०७४ कार्तिक २९ गते प्रकाशित

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस