
काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो।
दुई दिनमा सुनको भाउ २५ सय घटेको छ। त्यस्तै रेकर्ड मूल्यबाट सुनको भाउ तोलामा २० हजार ८ सय रुपैयाँ घटिसकेको छ। असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो।
चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँ घटेको छ। अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ। चाँदी रेकर्ड मूल्यबाट तोलामा ३६० रुपैयाँ घटेको छ। असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो।

प्रतिक्रिया दिनुहोस