२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

तीन महिनामै उठ्यो तातोपानी नाकामा लक्ष्यकाे ४८ प्रतिशत राजस्व

  • २०८० आश्विन २९, सोमबार मा प्रकाशित ६ महिना अघि
  • चाैतारा । तातोपानी भन्सार कार्यालयले ३ महिनामै लक्ष्यकाे ४८ प्रतिशत राजस्व संकलन गरेकाे छ । आर्थिक बर्ष ०८०/८१ मा ४ अर्ब ७९ कराेड लक्ष्य लिएकाे तातोपानी भन्सारले असाेज अन्त्यतिर आइपुग्दा २ अर्ब ३३ कराेड रुपैयाँ राजस्व संकलन गरिसकेकाे भान्सार प्रमुख दयानन्द केसीले जानकारी दिए ।

    गत आर्थिक बर्ष ०७९/८० मा ४ अर्ब ६२ कराेडकाे लक्ष्य लिएकाेमा नाका सहजरुपमा सञ्चालन हुन नसक्दा ३ अर्ब २७ रुपैयाँ मात्र राजस्व संकलन भएकाे थियाे । गत बर्ष लक्ष्य पच्छ्याउन नसकेकाे तातोपानी भन्सारले चालू आर्थिक बर्षमा भने लक्ष्य भन्दा बढी राजस्व संकलन गर्ने देखिएकाे छ ।

    ७२ सालकाे विनासकारी भुकम्प पछि पुर्ण रुपमा बन्द रहेकाे नाका ७६ सालबाट एकतर्फि रुपमा सञ्चालनमा आएकाे थियाे । भुकम्प र काेराेना महामारीकाे कारण पटकपटक बन्द हुँदै आएकाे साे नाका सेप्टेम्बर १ (भदाै १५ ) देखि पुर्ण रुपमा सञ्चालनमा रहेकाे छ ।

    देशकाे दाेस्राे ठुलाे नाका मानिने तातोपानी नाकाबाट रासायनिक मल , तयारी कपडा, फलफुल घ्यु लगाएतका सामग्रीहरु आयात हुने गरेकाे छ भने । मुडा , म्याट्रेस , गुन्द्रुक , सागपात लगायतका सामग्री निर्यात हुने गरेकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस