२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

सम्पादकीय : समन्वय प्रमुखज्यू, हाम्रा यी प्रश्नको जवाफ दिन सक्नुहुन्छ?

  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • भदौ २६, २०७७

    बालुवा तस्करी र तस्करीसँग जोडिएका विभिन्न घटना क्रमले सिन्धुपाल्चोकमा एउटा तरङ्ग पैदा भइरहेको छ। आरोपित पक्षको कटाक्षपुर्ण विज्ञप्ती प्रकाशित भए पश्चात् बालुवा तस्करीको प्रसंगले व्यापक चर्चाको रुप लिएको सबैलाई जाहेर छ।

    गत आइतबार खबरज्योति अनलाइनले आवश्यक प्रमाणसहित बालुवा तस्करी र राजश्व छलिमा समन्वय प्रमुखकै संलग्नता शिर्षकमा समाचार प्रकाशित गरेपछि विभिन्न सञ्चार माध्ययममा उक्त समाचारले स्थान पायो। र, पाइरहन्छ। प्रतिबन्धित अवस्थामा समेत नदिजन्य बस्तुको उत्खनन् गरि नदि दोहन गर्ने काम नरोकिए पछि सञ्चार माध्ययमले निरन्तर खबरदारी गरिरहे। नदिजन्य पदार्थ उत्खनन् गर्नका लागि नियमन गर्ने तालुकदार निकायको प्रमुखबाट तस्करीसँग मिलिमतो रहेको प्रमाणसहित बाहिरिएपछि विभिन्न टिकाटिप्पणी भयो, भइरहेको छ।

    तस्करी नियन्त्रणको लागी मिडियाले गरेको खबरदारीलाई बेवास्था गर्दै नियमनकारी भुमिकामा रहेको जिल्ला समन्वय समितिले तस्करी नियन्त्रणको लागि कुनै सकारात्मक कदम चाल्न सकेनन्। विडम्बना नियमनकारी निकायका प्रमुख कृष्णगोपाल तामाङकै निर्देशनमा दोषिले उन्मुक्ति पाउने गरेको दर्विलो प्रमाण हामीले पायौं। जुन हामीसँग अझै सुरक्षित छन्।

    बलियो प्रमाणसहित समाचार प्रशारण गरिँदा आफ्नो गल्तिलाइ स्विकार गर्नु भन्दा पनि जिससका प्रमुख तामाङले कार्यालयको लेटरप्याड प्रयोग गर्दै उल्टै मिडियालाई नै लान्छना लगाए। प्रकाशित/प्रशारित समाचारप्रति चित्त नबुझे समाचार गलत भएको प्रमाणसहित खण्डन गर्ने र त्यससपछि पनि चित्त नबुझे प्रेसकाउन्सिल समक्ष निवेदन गर्न सकिने प्रावधान छ। तर, उनले त्यसो गरेनन्। नियम विपरित समग्र मिडियालाई नै लक्षित गर्दै‘पित पत्रकारीता’को संज्ञा दिए। त्यो शब्दप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। र, भइरहन्छ।

    जिसस जस्तो जिम्वेवार संस्थाको लेटरप्याड प्रयोग गर्दै कुनै एक व्यक्तिलाइ चोख्याउन मिडियाप्रति लक्षित गरिएको उक्त शब्दप्रति खेद प्रकट गर्दछौं। विज्ञप्तीमा उल्लेख गरिएको ‘पित पत्रकारीता’ शब्द तत्काल फिर्ता लिन सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउदछौँ।

    साउन १४ गते रातको करिब १ बजेको समयमा नियमानुसार जिससले तोकेको कर बापतको शुल्क नतिरि बालुवा लिएर गुडिरहेको बा ४ ख ५८६४ नम्बरको टिपरलाइ बन्देउ स्थित सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिन्छ। प्रहरीले आवश्यक कारबाहिको लागि उक्त टिपरलाई जिससमा पठाउँछ। कारबाहिको अख्तियारी पाएको जिससले साउन १६ गते जारी गरिएको बिलको आधारमा टिपरलाइ निर्दोष साबित गरिदिन्छ। उल्लेखित प्रमाणहरु अघिल्लो समाचारमा पस्किसकेका छौं। आवश्यक परेको खण्डमा जहाँसुकै समाचारलाई पुष्टि गर्ने प्रमाणहरु जुनसुकै अवस्थामा पनि उपलब्ध गराउन हामी तयार छौं।

    समाजमा हुने गरेका हरेक विकृति र विसंगतीलाइ पाठक सामु लानु हाम्रो दायित्व हो। जिम्मेवार निकायलाई आफ्नो कर्तव्यप्रति अझै जिम्वेवारी हुन र जनउत्तरदायि संस्थाका क्रियाकलापलाई पाठक सामु पु¥याइ सु–सूचित गराउने जिम्मेवारीबाट हामी कहिल्यै पछि हटेका छैनौं। आगामी दिनमा पनि आफ्नो दायित्वबाट पछि नहट्ने प्रतिबद्धता समेत व्यक्त गर्न चाहान्छौँ ।

    हामीलाई प्राप्त प्रमाणहरुको आधारमा रहि समन्वय प्रमुख कृष्णगोपाल तामाङसँग केहि प्रश्न गर्न चाहान्छौं ।

     प्रमुखज्यू, तपाईको हामीले प्रकाशित गरेका समाचार गलत सावित गर्न सक्ने कुनै आधार छन? जवाफ दिुनुहोस्। यदि तपाई निर्दोष हुनुहुन्थ्यो भने समाचार प्रकाशन/प्रशारण गर्ने सञ्चार माध्ययमलाई खण्डन पठाउने आँट गर्न किन सक्नुभएन? प्रमुखज्यू, तपाइले सबै प्रमाण पेश गर्दै आफु निर्दोष हुँ भन्दै गर्दा काली/गंगा निर्माण/जे.भि.ले साउन १६ गते जारी गरिएको कर संकलन विलकोबारे किन जवाफ दिन सक्नुभएन? टिपर पक्राउ परेको २ दिनपछि जारी गरिएको विलको आधारमा टिपरलाई तपाईको आँखाले कसरी निर्दोष देख्यो? यतिबेला जिल्लाका विभिन्न ठाउँमा अबैध रुपमा बालुवा निकालिरहेको प्रष्ट देख्न सकिन्छ। ती निकालिएको बालुवा कानून बमोजिम जफत गर्ने आँट छ तपाईसँग?

    तपाईं जनप्रतिनिधिको नाताले जनताको पक्षमा काम गर्न छाडेर व्यवसायीको पक्षपोषणमा लाग्नुपर्ने कारण के हो? प्रमुखज्यू, आजसम्म जे–जे गर्नुभा! अब ती सबै गल्तिलाई सम्झेर आफ्ना मतदाताला र जिल्लाबासी समक्ष क्षमा माग्नुस्। गल्ति मान्छेबाटै हुन्छ। आफ्नो जनता समक्ष झुक्दा तपाईंको इज्जत पक्कै घट्दैन। यदि तपाईंलाईं अझैपनि म सहि ठाउँमा छु, आफुबाट कमजोरी भएको छैन भन्ने घमण्ड छ भने प्रकाशित/प्रशारित समाचारको विरुद्धमा कानुनी उपाय खोज्नुस् तपाईंको प्रमाणले तपाईं लड्नुस् हाम्रो प्रमाणले हामी लडौंला।

    र, यो पनि : ‘प्रशासनले कारबाहि नगरे तस्करीको बालुवा बाढीपीडितलाई वितरण गरौँ’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस