२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

सम्पादकीय : कोरोनाबाट बच्न आफ्नो सावधानी आफै अपनाऔँ

  • २०७७ भाद्र ६, शनिबार मा प्रकाशित ३ साल अघि
  • भदौ ६, २०७७

    विश्वभरी फैलिएको कोरोना भाइरस कोभिड १९ नेपालको समुदाय स्तरमा फैलदो क्रममा छ । सरकारले लकडाउनको अन्त्य गरेपछि मानिसको आवातजावतको कारणले समुदाय स्तरसम्म कोरोनाको जोखिम बढेको छ । सरकारले लकडाउन खुकुलो गरेपछिको कोरोनाबाट बच्ने एकमात्र उपाय सावधानी हो ।

    तर, लामो समयसम्मको लकडाउन र आर्थिक मन्दीको कारणले आजका मानिसहरुमा रोगभन्दा भोक ठुलो लाग्न थालेको छ । कोरोनाबाट मानिसकको डर हटिसकेको अवस्था छ । नेपालमा पछिल्ला दिनहरुका कोरोना संक्रमणका बिरामी दिनप्रतिदिन बढ्दै गइरहेका छन् । तर, संघीय सरकारदेखि प्रदेश, स्थानीय सरकारसम्मको तयारी एकदमै फितलो भएको प्रष्ट देख्न सकिन्छ ।

    कोरोना सक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दो छ । तर, सरकारको फितलो तयारीको कारणले बिरामीले क्वारेन्टाइन र आइसोलेसन नै ज्यान गुमाउने थलोको रुपमा स्थापित हुदै गइरहेको छ । कोरोनाबाट बच्नका लागि सरकारले चैत्र ११ गतेबाट लामो समयसम्म लकडाउन गर्यो । तर, त्यस समयमा पनि बाहिरबाट आउँनेहरुलाई व्यवस्थापन गर्न चुक्यो । अहिले पनि संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ । बाहिर रहेको नेपाली ल्याउन सक्ने अवस्था छैन ।

    यद्यपी, कोरोनाबाट बच्न सरकारले तयारी गर्न सकेको छैन भन्दैमा हामी सडक आन्दोलनमा उत्रने बेला छैन । त्यसैले हामी जहाँ छौँ  ।  त्यही बसौँ ।

    विदेशमा रहेको नेपालीले सरकार रहेको अपेक्षा गर्न सक्ने अवस्था छैन । तर, सत्तारुढ दल नै पदिय लडाईका लागि आन्तरिक किचलोमा फसेको छ । लकडाउनको कारणले आर्थिक संकटकै कारणले सयौँले आत्महत्या गरिरहेका छन् । आर्थिक अभावको कारणले हजारौँ जनता भोक भोकै रातदिन कटाइरहेका छन् । तर, सरकारले त्यसबारेमा सोच्न सकेको छैन ।

    कोरोनाबाट बच्नका लागि सरकारले बन्दाबन्दी गरेर मात्रै उम्कन पाउँदैन । कोरोना परिक्षणको दायरा बढाउनुपर्छ । देशका मुख्य शहरहरुका कोरोना समुुदाय स्तरसम्म पुगेको सहजै अनुमान लगाउँन सकिन्छ । तर, सरकारको कोरोना परिक्षणको दायरा बढाउनुको सट्टा घटाउदै लगेको छ ।

    यद्यपी, कोरोनाबाट बच्न सरकारले तयारी गर्न सकेको छैन भन्दैमा हामी सडक आन्दोलनमा उत्रने बेला छैन । त्यसैले हामी जहाँ छौँ त्यही बसौँ । कोरोनाबाट बच्नका लागि सामाजिक दुरी कायम, नियमित साबुन पानीले हात धुने, स्यानीटाइजरको प्रयोग गर्ने, मास्क लगाउने कामलाई कहिल्यै नछाडौँ । कोरोनाबाट बच्नका लागि हामी आफैँ सचेत र सावधानी हुनुको विकल्प छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस