२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

प्रशासनको फितलो अनुगमन, खाद्य वस्तु म्याद गुज्रेको भेटियो

Thumbnail
  • २०७४ आश्विन ८, आईतबार मा प्रकाशित ६ साल अघि
  • खबरज्योति सम्वाददाता,
    असोज ८ गते, २०७४

    चौतारा/ नेपालीहरुको महान् चाड दशैँ सबैको घर आँगमा भित्रिसकेको छ । सरकारी अनुगमन फितलो हुँदा बजारमा हरेक बस्तु र सेवामा उपभोक्ताहरु ठगिदै आएका छन् । बर्षेनी सरकारी निकायबाट हुने अनुगमनलाई चाडपर्व केन्द्रित गराएर मात्र गर्ने गरेका छन् ।
    चाडपर्वमा मात्र खाद्यवस्तु अनुगमन गर्दा बर्षदिनभरी म्याद सकिएको खाद्य सामाग्री उपभोक्ताले प्रयोग गरिरहन बाध्य भएको पाइएको छ । चौतारा साँगाचोगढी नगरपालिकाको उपप्रमुख जानुका पराजुलीको नेतृत्वले गरेको बजार अनुगमनमा म्याद सकिएको खाद्य सामाग्री बिक्रि वितरण भईराखेको पाईएको हो ।
    ‘हामीले नगरपालिकाको मुख्य बजारमा अनुगमन गरेका हौँ । जहाँ म्याद सकिएको खाद्यय समाग्री विक्रि वितरण भईरहेको पायौँ’ उपप्रमुख पराजुलीले भनिन् –‘त्यस्ता खाद्य सामाग्रीलाई हामीले ल्याएर प्रहरी प्रशासनको सहयोगमा नष्ट गरेका हौँ ।’
    बजारमा बस्तु तथा सेवाको गुणस्तर, बजारमुल्य, उत्पादन मिति, उपभोग मिति, मिसावट, सामाग्रीको उत्पादनको मिश्रण आदिका बारेमा नियमित अनुगमन नगर्दा, उद्योगी र व्यापारीले गलत काम गरेको अवस्थामा पनि कडा कानूनी कारवाही नगरि त्यसै छाडी दिंदा बजारमा कम गुणस्तरका सामान, स्वास्थ्यका लागि हानिकारक सामाग्री खरिद गरेर उपभोक्ताको स्वास्थ्य, जीवनम माथि ठुलो खेलवाड भैरहेको उपप्रमुख पराजुलीले बताईन । त्यस्तै उपभोक्ता बढी मुल्य तिरेर पनि ठगिई रहेका छन ।
    नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस वितरणको नियमित अनुगमन नगर्दा वितरणमा कालाबजारी भैरहेको छ । साथै पेट्रोल पम्पहरुले ल्याएको इन्धन सबै उपभोक्तालाई वितरण नगरी आधा वितरण गर्ने र आधा इन्धन कालोबजारीमा बढी मुल्य लिएर विक्री वितरण भैराखेको छ । खाना बनाउँने ग्यासको १३ सय २५ रुपैयाँ पर्ने भएतापनि जिल्लामा अहिले प्रतिसिलिन्डर २ सय रुपैयाँ बढि लिएर व्यापारीहरुले उपभोक्ता ठगिरहेका छन् ।
    बजारमा सामानको मुल्य, गुणस्तर, परिणामको अनुगमन गर्ने बाणिज्य तथा आपुर्ति व्यवस्थापन बिभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग र औषधी व्यवस्था बिभाग जस्ता सरकारी निकायहरुको उद्योग र बजार अनुगमन फितलो हुँदा बजारमा कालोबजारी, मिसावट, कम गुणस्तरका सामाग्री उत्पादन, सम्वेदनशील उत्पादनमा समेत मिसावट बढेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ बताउँछन् ।
    ‘हामीले बेला बेलामा बजार अनुगमन गर्नुपर्ने हो तर, गर्ने सकेका छैनौँ त्यसैले उपभोक्ताहरु ठगिरहेको जनगुनासो धेरै बढेको छ ।’ प्रजिअ तामाङले भने –‘हामीलाई जनप्रतिनिधिको साथ मिलेको छ । अब छिट्टै नियन्त्रण गर्छौँ ।’
    बजारमा उपभोक्ता दिउँसै ठगिदा पनि स्थानीय प्रशासन, उद्योग वाण्ज्यि आँखामा पट्टी बाधेर बसेको छ कुनै पहल कदमी उठाउँन नसकेको उपभोक्ताको भनाई छ । अनुगमन गर्ने निकाय खाली भत्ता बुझ्न मात्र झारा टार्ने हिसावले अनुगमन गरिरहेको उपभोक्ताको आरोप छ । चाड पर्वको मुखैमा बढि बिक्रि हुने दाल, चामल, तेल, चिनी, नुन, आटा लगाएतको खाद्यन्य वस्तुहरुमा व्यापारीहरुले फरक फरक मुल्य राखि विक्रि वितरण गर्ने गरेको पाईएको छ ।
    सुरक्षा व्यवस्था कडा
    चाडपर्वको समयमा धेरै चोरीडकैती, लुटपाटको घटना हुने गरेकाले स्थानीय प्रशासनले बजार क्षेत्रमा मात्र नभएर ग्रामिण क्षेत्रमा पनि नेपाल प्रहरी र शसस्त्र प्रहरीहरुलाई गस्ती पठाएको समेत पठाएको जिल्ला प्रहरी कार्यालयको प्रहरी उपरिक्षक मोहन पोखरेल बताउँछन् ।
    ‘अहिले जिल्लाको सुरक्षा व्यवस्था एकदम कडा रहेको छ’ उनले भने –‘दसैमा धेरै मदिरा सेवन गर्ने गरेकाले अपाराधिका घटना नहोस् भनेर नै सुरक्षा व्यवस्था कडा पारिएको छ । घट्ने आपराधिक घटनामध्ये ९० प्रतिशत मदिरा सेवनबाट हुने गरेको छ ।’
    अहिले बढ्दै गएको सडक दुर्घटनालाई न्यूनिकरण गर्न यातायात व्यवसायीसँग थप बस सञ्चालन गर्न कुरा भैसकेको छ उनले भने । चाडपर्वलाई मध्यनजर गर यातायात सञ्चालक समितीहरुलाई छोटो समयमा नै चलाउँन निर्देशन दिईसकेको बताए ।
    खुद्रा किराना व्यसायीहरुले माथिबाट नै मूल्य बढेर आएको भन्दै खाद्यान्नको मुल्य बढाउने गरेका छन् । यस बर्ष पनि यस्तो देखिएको छ । यसको लागि सम्बन्धीत सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने बेला आएको छ ।
    जताततै दशैको रौनक
    नेपालीहरुको महान् चाड दसैले घरघरमा भित्रदाँ जिल्लाको मुख्य सहर बजारमा गाउँघर जताततै दशैँको रोनकले छोएको छ ।
    दसैँका लागि आवश्यक सामान लत्ताकपडा, जुत्ता, चिउरा, नुन–तेल–मसला दैनिक उपभोग्य सामानहरु तथा घरलाई रङरोगन गरी राम्रो गर्ने रङ किनमेल गर्नका लागि बजार क्षेत्रमा भिड लागेको हो भने ग्रामिण क्षेत्रमा रोजगारी लगाएत विविध कारणले बाहिरीयहरु दशैँका मनाउँन फर्केका र कोहि फर्कन क्रममा नै रहेकाले जताततै रौनक बढेको हो ।
    जिल्लाका प्रमुख वजार तथा व्यापारिक केन्द्र चौतारा, बाह्रविसे, मेलम्ची, लामोसाँघु, खाडीचौर, बलेफी, बाहुनेपाटी, तालामारङ, ग्याल्थुम, लगायतका स्थानमा ग्राहक उपभोक्ताहरुको भीड बढेको हो । दशैँ लाग्दा जिल्लाका स्थानीयहरुमा खसीबोका खरिद बिक्री पनि उत्तिक्कै भइरहेको छ ।
    कालोबजारी, गुणस्तरहिन सामानको बिक्री, म्याल गुज्रिएका सामानको बिक्री लगायत नियन्त्रण गर्न जिल्ला प्रसासन कार्यालयले बजार अनुगमनलाई ध्यान दिएको छैन । जसकारण उपभोक्ता ठगिदै आएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस