२०८३ कार्तिक ९, आईतबार | Sun, 25, Oct, 2026

साफ यू–१८ च्याम्पियनसिपको उपाधि नेपाललाई

Thumbnail
  • २०७४ आश्विन १३, शुक्रबार मा प्रकाशित ९ साल अघि
  • खबरज्योति

    १३ असोज २०७४, सिन्धुपाल्चोक ।

    भुटानको राजधानी थिम्पुमा बुधबार सम्पन्न साफ यू–१८ च्याम्पियनसिपको उपाधि नेपालले जित्यो । दोस्रो पटक उपाधि जित्ने क्रममा नेपालले अन्तिम खेलमा भारतलाई २–० ले हरायो। चाङलिमिथाङ रंगशालामा भएको निर्णायक खेलमा नेपाललाई च्याम्पियन बनाउन दिनेश हेन्जनले २ गोल गरेका थिए ।

    पहिलो खेलमा भुटानसँग पराजित भएको नेपालले त्यसपछिका ३ खेलमा लगातार जित निकालेर उपाधि रक्षा गरेको हो । पाँच टिमबीच राउन्ड रोबिनको आधारमा भएको च्याम्पियनसिपमा नेपालले हेड टु हेडमा बंगलादेशलाई पछि पारेर ट्रफी उच्लायो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑