२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

९ औं सिन्धु कपकाे उपाधि टाेखा युथ क्लबलाइ

  • २०८० अषाढ २, शनिबार मा प्रकाशित १0 महिना अघि
  • चाैतारा / असार २,
    जेठ २८ गतेबाट बसन्तपुर खेलमैदान लामाेसाँघुमा सुरु भएकाे ९ औं सिन्धु कप फुटबलकाे उपाधि भगवती टाेखा युथ क्लवले उचालेकाे छ ।

    निर्धारित समय ८० मिनेटमा १-१ गाेल बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएकाे थियाे । सुरुवाति ३३ मिनेटमा काभ्रे फुटबलसंघकालागि देवराज तामाङले गाेल गरेका थिए ।

    पहिलाे हाफमा दवावमा परेकाे टाेखा दाेस्राे हाफकाे ३३ मिनेटमा टाेखाका फाेफाेना फाेडेकाे प्राहार गाेलमा परिणत भएपछि निर्धारित समयमा खेल बराबरि भएकाे थियाे ।

    पेनाल्टी सुटआउटमा टाेखाले ४ गर्न सफल भयाे भने काभ्रेले २ गाेलमै चित्त बुझाउनुपर्याे । काभ्रे फुटबलसंघसंग फाइनल खेल खेलेकाे टाेखाका किपरले २ उत्कृष्ट बचाउ संगै टिमलाई उपादी दिलाउन सफल भए ।

    ८ टिम सहभागी प्रतियोगितामा विजेता टिमले नगद २ लाख रुपैयाँ र उपविजेता टिमले १ लाख नगद , ट्रफि र प्रमाणपत्र पाएका थिए । विजेता टिमलाइ प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहनबहादुर बस्नेतले ट्रफि र चेक हस्तान्तरण गरेकाथिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस