२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

मेलम्चीका राजन र अभिषेकको जोडीलाई ब्याडमिन्टनको उपाधि

  • २०७८ फागुन २, सोमबार मा प्रकाशित २ साल अघि
  • फागुन २, २०७८

    चौतारा । जिल्ला स्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिताको उपाधि मेलम्चीका राजन श्रेष्ठ र अभिषेक गुरुङको जोडीले जितेको छ ।

    आज सम्पन्न फाइनलमा खाडी चौरका पूर्ण थापा र अजय तामाङको जोडीलाई सोझो सेटमा पराजित गर्दै प्रथम हुने टिमले नगद ३० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    मेलम्ची स्पोर्ट्स क्लबको आयोजनामा आइतबारबाटबाट सुरु प्रतियोगितामा जिल्लाका १६ टिम सहभागी रहेको क्लबका अध्यक्ष दिपेन्द्र दुलालले जानकारी दिए।

    त्यस्तै दोस्रो हुने टिमले २० हजार, तेस्रो हुने २ टिम मेलम्चीका किसन दुलाल र कुमार सापकोटा र चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठको जोडीले १० १० हजार प्राप्त गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस