२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

एट्लेटिको म्याड्रिड गए स्वारेज

  • २०७७ आश्विन ९, शुक्रबार मा प्रकाशित ५ साल अघि
  • असोज ९, २०७७
    एजेन्सीः एट्लेटिको म्याड्रिडले बार्सिलोनाका स्टार खेलाडी स्वारेजलाई फ्रि एजेन्टमार्फत अनुबन्ध गर्न सफल भएको छ।

    सुआरेजले च्याम्पियन्स लिगमा गरेको प्रदर्शनअनुसार एट्लेटिकोले ६ मिलियन पाउन्डसम्म बोनसका रुपमा भने बार्सिलोनालाई तिर्नुपर्नेछ। सुआरेज २ वर्षका लागि अनुबन्धित भएका हुन्।

    इटालियन क्लब युभेन्टसले अनुबन्धमा चासो देखाए पनि नागरिताको समस्याका कारण युभेन्टस पछि हटेपछि सुआरेजलाई एट्लेटिकोले अनुबन्ध गर्न सफल भएको हो। सुरुवातमा बार्सिलोनाले सुआरेजलाई एट्लेटिको जान रोक्ने निर्णय गरे पनि पछि सहमति दिएको थियो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस