२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

चन्द्रप्रसाद न्यौपानेलाई ‘छन्द साधना पुरस्कार–२०७७’

  • २०७७ भाद्र २२, सोमबार मा प्रकाशित ५ साल अघि
  • भदौ २२, २०७७
    चौताराः महाकाव्यकार चन्द्रप्रसाद न्यौपालेलाई ‘छन्दसाधना पुरस्कार–२०७७’ प्राप्त गर्ने भएका छन्। ‘छन्द तरङ्गले २०७६’ देखि हरेक प्रदान गर्दै आएको पुरस्कार यसबर्ष साहित्कार न्यौपानले पाउने भएका छन्।

    नेपाली काव्यको इतिहासमा नै शास्त्रीय छन्दका ५५ हजार श्लोकको बृहत्तर महाकाव्य ‘चन्द्रयुग’को लेखन र प्रकाशनका साथै १० महाकाव्य, १० खण्डकाव्य, सयौँ फुटकर कविताको प्रकाशन भएका छन्।

    प्राथमिककालदेखि हालसम्मका समग्र छन्दोबद्ध कृतिको अध्ययन र विश्लेषणका साथै नेपाली भाषामा शास्त्रीय छन्दका सयौँ प्रकारको प्रयोग गरी कविता सिर्जना गरेर नेपाली छन्दकविताको इतिहासमा अतुलनीय योगदान दिएबापत न्यौपानेलाई उक्त पुरस्कार प्रदान गरिएको जनाइएको छ।

    उनलाई २५ हजार र प्रमाणपत्र प्रदान गर्दछ। कोरोना महामारीपछि वातावरण सहज भएपछि एक कार्याक्रम आयोजना गरेर न्यौपानेलाई पुुरस्कार प्रदान गरिने जनाइएको छ।

     

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस