२०८३ कार्तिक ९, आईतबार | Sun, 25, Oct, 2026

सिपिएलमा सन्दीप लामिछानेले लिए दुई विकेट

  • २०७७ भाद्र ७, आईतबार मा प्रकाशित ६ साल अघि
  • भदौ ७, २०७७
    चौताराः क्यारेविनयन प्रिमियर लिग टी ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलावास पराजित भएको छ।

    गएराति ट्रिनिडाडमा भएको खेलमा तलावास, गुएना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो। टस जितेर फिल्डीङ रोजेको जमैकाले गुएनाले दिएको १ सय १९ रनको लक्ष्य पच्छ्याउन असफल भएको हो। पुरै ओभर ब्याटिङ गर्दा जमैकाले ७ वीकेट गुमाएर १ सय ४ रन मात्रै बनाउन सक्यो।

    खेलमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै जमैकाबाट २ वीकेट लिएका छन्।​ सन्दीपले ४ ओभर वलिङ गर्दै ८ रन खर्चेर २ विकेट लिए पनि जमैका पराजित भयो। हारपछि २ अंक रहेको जमैका लिग अंकतालिकाको पाँचौ स्थानमा पुगेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑