२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

बाह्रविसे र पाँचपोखरीलाई प्रदेश सरकारको सहयोग

  • २०७७ श्रावण २६, सोमबार मा प्रकाशित ५ साल अघि
  • साउन २६, २०७७
    चौताराः बागमती प्रदेश सरकारले बाढी–पहिरोबाट क्षति पुगेका स्थानीय तहलाई आर्थिक सहयोग गर्ने भएको छ । प्रदेशमा पर्ने विभिन्न ९ पालिकालाई १ करोड ८० लाख प्रदान गर्ने निर्णय गरेको हो ।

    बागमती प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको सोमबार बसेको बैठकले ७ गाउँपालिका र दुई नगरपालिकालाई क्षतिका आधारमा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मुख्यमन्त्री एंव समितिका अध्यक्ष डोरमणि पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले धादिङको बेनीघाट रोराङ गाउँपालिकालाई रु ३० लाख प्रदान गर्ने निर्णय गरेको छ ।

    यसैगरी धादिङकै सिद्दलेक र गजुरी गाउँपालिकालाई २०–२० लाख, नुवाकोटको बेलकोटगढी नगरपालिकालाई २० लाख, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई १५–१५ लाख दिने निर्णय गरेको हो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस