२०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

दुई साता लकडाउन गर्न विज्ञहरूको सुझाव

  • २०७७ श्रावण २०, मंगलबार मा प्रकाशित ५ साल अघि
  • साउन २०, २०७७
    काठमाडौंः विज्ञहरूले कोरोना भाइरस नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन कम्तीमा दुई साता लकडाउन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

    मंगलबार बालुवाटारमा भएको छलफलका क्रममा विज्ञहरुले कम्तीमा दुई साता लकडाउनदेखि आवश्यक परेमा कर्फ्‍युसमेत लगाउन सुझाव दिएका हुन्।

    प्रधानमन्त्री ओलीलाई प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवा र अर्का प्रतिपक्षी नेता महन्थ ठाकुरले सरकारको काम प्रभावकारी नभएको भन्दै सक्रियता बढाउन आग्रह गरेका थिए। कांग्रेस सभापति देउवाले कुरा मात्रै धेरै भएको भन्दै कोरोना नियन्त्रणमा पनि गम्भीर भएर काम गर्न सुझाव दिएका थिए।

    त्यस्तै वरिष्ठ चिकित्सक भगवान कोइरालाले लकडाउन नगरी संक्रमण धेरै फैलिएका स्थानमा सबै किसिमको आवागमन बन्द गर्न सुझाव दिएका थिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस