२०८३ बैशाख १२, शनिबार | Sat, 25, Apr, 2026

चौताराको लोकप्रिय कार्यक्रम : मृतकका परिवारलाई किरिया खर्च

  • २०७८ श्रावण ३०, शनिबार मा प्रकाशित ४ साल अघि
  • साउन ३०, २०७८

    चौतारा : चौतारा साँगाचोकगढी नगरपालिकाले कुनै पनि कारणबाट मृत्युभएका परिवारलाई किरिया खर्च वापत पाँच हजार उपलब्ध गराउँदै आएको छ ।

    आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमअनुसार हालसम्म १३ मृतकका परिवारलाई सो रकम उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

    नगरप्रमुख अमानसिं तामाङले यसका लागि चालु आर्थिक वर्षका बजेटमा रु २० लाख विनियोजन गरेको जानकारी दिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस