काठमाडौं। दश वाम दल मिलेर घोषित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले १ सय ३८ सदस्यीय केन्द्रीय कमिटी निर्माण गरेको छ। पछिल्लो समय नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित १२ वटा वाम विचारधाराका समूहहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले निर्माणको प्रक्रिया १ सय ३८ जनालाई केन्द्रीय कमिटी सदस्य तोकेको हो।
उक्त सूचीमा प्रचण्डलाई संयोजक र माधवकुमार नेपाललाई सह–संयोजक तोकिँदा तेस्रो वरीयताका झलनाथ खनाललाई सदस्य मात्रै राखिएको छ। नेकपाले आगामी फागुन २१ गतेका लागि घोषणा गरेको आमनिर्वाचनको प्रयोजनार्थ यही कात्तिक ३० गतेभित्र दल दर्ता गरेर प्रमाणपत्र लिइसक्नु पर्ने सूचना निर्वाचन आयोगले जारी गरेको अवस्थामा अहिलेलाई १ सय ३८ जनाको केन्द्रीय कमिटी बनाएको छ। नेकपाको प्रस्तावित विधानमा ३०१ सदस्यीय संघीय कमिटी रहने उल्लेख गरिएको छ।





प्रतिक्रिया दिनुहोस