काठमाडौं। सभामुख देवराज घिमिरेले छिटोभन्दा छिटो संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन्। शुक्रबार विहान झापा बिर्तामोडस्थित निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले यस्तो बताएका हुन् । उनले असंवैधानिक प्रक्रियाबाट संसद विघटन भएकोले पुनस्र्थापना हुनुपर्ने बताए।
छिट्टै प्रतिनिधिसभा सञ्चालन गर्ने परिस्थिति आउने र सभा खुलेपछि मात्रै मुलुकलाई निकास दिन सकिने उनले बताए। जननिर्वाचित संस्थालाई भंग गरेरे मुलुक थप संकटमा गएको उनले बताए।
सर्वोच्च अदालतले संसद पुनस्र्थापनाको मुद्दालाई छिटो छलफलमा लैजानेमा आफू विश्वस्त रहेको उनले प्रतिक्रिया दिए । कानुनी, व्यवहारिक र आवश्यकताका हिसाबले संसद पुनस्र्थापना हुने सभामुख घिमिरेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस