२०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

कांग्रेस र एमालेलाई चुनावको पक्षमा उभिन माओवादी नेताको अपिल

  • २०८२ कार्तिक २०, बिहिबार मा प्रकाशित ३ महिना अघि
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटाले नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनावको पक्षमा उभिन आग्रह गरेका छन् ।

    कांग्रेस र एमाले जेनजी आन्दोलनअघि सत्ताका दुई प्रमुख साझेदार हुन् । दुवै दलको बैठकमा संसद् पुनर्स्थापनाको विषयमा गम्भीर विमर्श भइरहेको उल्लेख गर्दै सापकोटाले चुनावको पक्षमा उभिन उनले आग्रह गरेका हुन् ।

    ‘वर्तमान जटिल तथा अस्थिर राजनीतिक परिस्थितिको समाधान संसद् पुनर्स्थापनाबाट मात्रै सम्भव छैन्,’ सामाजिक सञ्जालमार्फत कांग्रेस र एमालेलाई माओवादी नेता सापकोटाले सुझाएका छन् ।

    वर्तमान राजनीतिक अवस्थाले गहन सोच र साहसिक कदमहरूको माग गरिरहेको उल्लेख गर्दै सापकोटाले जसरी दलहरूको विकल्प छैन, त्यसरी नै दलहरू एकजुट भएर राष्ट्रको भविष्यको दिशा निर्धारण गर्नुको पनि विकल्प नरहेको पनि बताएका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस