२०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

ईश्वरीप्रसाद श्रेष्ठसहित एमालेका दुई दर्जन नेता कार्यकर्ता माओवादीमा प्रवेश (सूचीसहित)

  • २०८२ भाद्र १२, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • चाैतारा । नेकपा (एमाले) का नेता ईश्वरी श्रेष्ठसहित चौताराका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता आज नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

    पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा पार्टीका उपाध्यक्ष अग्नि सापकोटाले उनीहरूलाई पार्टीमा स्वागत गरेका हुन्।

    पार्टी प्रवेश गर्नेमध्ये पूर्व वडा अध्यक्ष तथा प्रदेश कमिटी सदस्य विष्णु लामा, जिल्ला कमिटी सदस्य सिताराम गिरी, र राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरू मेख बहादुर न्यौपाने, रमेश श्रेष्ठ लगायत रहेका छन्।

    कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा, बागमती प्रदेश अध्यक्ष सरल सहयात्री लगायतका नेताहरूको पनि उपस्थिति थियो। उपाध्यक्ष सापकोटाले नयाँ प्रवेशकर्ताहरूको आगमनले पार्टीलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस