२०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

ओली सरकार अधिनायकवादतिर उन्मुख भइरहेको छ : अग्नि सापकोटा

  • २०८२ भाद्र ८, आईतबार मा प्रकाशित ६ महिना अघि
  • काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवादतिर उन्मुख भएको आरोप लगाएका छन्। उनले राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दल लागिरहेको आरोप पनि लगाए।

    विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहेकाे आराेप सापकाेटाकाे छ।

    उनले भने, ‘यो सरकार अधिनायकवाद र तानाशाहीकरणतिर उन्मुख भइरहेको छ । राज्यका सबै संयन्त्रहरूमा दुई दलीय पकड कायम गर्ने, अझ खास गरी सरकारको नेतृत्व गरिरहेको एमाले र त्यसका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहनुभएको छ।’

    प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने खेल त्यसकै एउटा उदाहरण भएको प्रवक्ता सापकाेटाकाे बुझाइ छ। उपसभामुखबाट रानालाई हटाउने कुरा प्रतिशोधपूर्ण र बदनियतपूर्ण रहेको जिकिर गर्दै ​संवैधानिक परिषदमा बहुमत पुयाउन प्रधानमन्त्री ओलीकै चाहनामा याे काम भइरहेकाे आरोप उनले लगाए।

    ‘उपसभामुख इन्दिरा रानालाई पहिल्यैदेखि हटाउने कोसिस गरिरहनुभएको थियो । अहिले पनि हस्ताक्षर संकलन गरिरहनुभएकाे छ’, उनकाे भनाइ छ, ‘त्यो प्रतिशोधपूर्ण छ, बदनियतपूर्ण छ ।’

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस