२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

सस्तो दरको अमेरिकी डलर दिने भन्दै ३० लाख झ्वाम् पार्ने बाह्रबिसेका तारा पक्राउ

  • २०८२ जेष्ठ १९, सोमबार मा प्रकाशित ९ महिना अघि
  • चाैतारा । सस्तो दरको अमेरिकी डलर मिलाइदिने लोभ देखाइ विभिन् व्यक्तिबाट रकम ठग्ने एक व्यक्ति पक्राउ परेका छन् ।

    सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय ताराबहादुर तामाङलाई भक्तपुरको चाँगुनारायण दुवाकोटबाट पक्राउ गरिएको हो ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यका अनुसार तामाङले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट- ३ ढोडेनीका विभिन्न व्यक्तिलाई फोन गरेर आफूहरूसँग सस्तो दरमा अमेरिकन डलर भएको बताएर ३० लाख नेपाली रकम लिएका थिए ।

    डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई ताराले नेपाली पैसा ठगेको आचार्यले बताए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) पठाइएको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस