२०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

बिच भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा

  • २०८१ माघ ५, शनिबार मा प्रकाशित १ साल अघि
  • चौतारा । माघ १ देखि ५ गते सम्म सिन्धुपाल्चोकको सुकुटेमा भएको ७ औं महिला तथा ८ औं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उपाधि महिला तथा पुरुष दुवैतर्फ नेपाल पुलिस क्लबले हात पारेको छ ।

    पुरुषतर्फ नेपाल प्रहरी ‘ए’ का चन्द्रबहादुर कुवँर र सफल विकको टिमले सशस्त्र प्रहरी ‘वि’ का बलिदान चौधरी र रमेश विकको टिमलाई हराउदै उपाधि हात पार्यो ।

    यस्तै महिलातर्फ नेपाल प्रहरी ‘ए’ का मनिषा चौधरी र कमला पुनको टिमले नेपाल प्रहरी ‘बि’ टिमको कामना बिष्ट र पुनम चन्दको टिमलाइ हराउँदै उपाधि हात पार्यो ।

    उक्त प्रतियोगितामा पुरुषतर्फ शसस्त्र प्रहरी क्लभ ‘बि’ द्वितिय, नेपाल नेपाल आर्मी क्लभका ‘ए’ तृतिय र सशस्त्र प्रहरी क्लभ ‘ए’ सान्ताेना स्थान हासिल गरेका छन् । यस्तै महिलातर्फ नेपाल पुलिस क्लब ‘ए’ द्वितिय, सशस्त्र प्रहरी ‘ए’ द्वितियर सशस्त्र प्रहरी ‘बि’ले सान्ताेना स्थान हासिल गर्याे ।

    महिला तथा पुरुष दुवैतर्फ प्रथम द्वितिय, तृतिय र सान्तोना हुने टिमले क्रमश पचास हजार , पच्चिस हजार, पन्ध्र हजार र दश हजार नगद, ट्रफि, प्रमाणपत्र मेडल प्राप्त गरे ।

    जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको आयोजना र नेपाल भलिबल संघको समन्वयमा सम्पन्न भएको प्रतियोगितामा ३५ टिम सहभागी थिए ।

    सिन्धुपाल्चोकको पर्यटकीय नगरी सुकुटेमा गत मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गरेका थिए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस