२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

हेलम्बुमा जीप दुर्घटना हुँदा २ जना भुटानी नागरिकको मृत्यु

  • २०८० माघ १७, बुधबार मा प्रकाशित २ साल अघि
  • चाैतारा । सिन्धुपाल्चोककाे हेलम्बु गाउँपालिका वडा नं १ स्थित दोरिङ भिरमा कार दुर्घटना हुँदा दुई भुटानी नागरिककाे मृत्यु भएकाे छ । दुर्घटनामा पाँच घाईते छन् ।

    घाईतेमध्ये चार जना भुटानी नागरिक र एक नेपाली रहेकाे गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । घाईते नेपाली ड्राईभर हुन् । प्रहरीकाअनुसार मृत्यु हुनेमा ३३ वर्षीय अब्गाे र ७१ वर्षीया वाङ्मु रहेका छन् ।

    भुटान बाट घुम्न आएका पर्यटक चढेकाे बा २ च ४४५० नम्बरकाे बाेलेराे दुर्घटना भएकाे हाे । घाईतेहरूलाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएकाे उनले बताए ।

    विस्तृत विवरण आउन बाँकी छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस