२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

दोलखाबाट काठमाडौं आउँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • २०८० भाद्र १७, आईतबार मा प्रकाशित २ साल अघि
  • सिन्धुपाल्चोक । दोलखाबाट काठमाडौं जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    बा १५ च ९३७० नम्बरको स्कारपियो गाडी लामोसाँघु जिरी सडक खण्डको ५ किलो नजिकै राती २ बजे दुर्घटना हुँदा मृत्यु हुनेमा चालक उत्तमराज महर्जन र सिन्धुपाल्चोकका स्थानीय बलबहादुर खत्री रहेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् । सडकबाट पण्ढै ३ सय मिटर तल सडकमा गाडी खसेपछि राती स्थानीयले उद्धार गरेका थिए । दुर्घटनामा घाइतेहरूको सदाबहार अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि धुलिखेलमा पठाइएको प्रहरीले जनाएको छ।

     

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस