२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

चाैतारा मेयर कप खुल्ला हाफ म्याराथनकाे उपाधि राई र बुढालाई

  • २०७८ पौष २४, शनिबार मा प्रकाशित २ साल अघि
  • पुस २४, २०७८

    चाैतारा । चाैतारा साँगाचोकगढी नगरपालिका मेयर कप खुल्ला हाफ म्याराथन प्रतियोगिताको खुल्ला पुरुष तर्फको उपाधि नेपाली सेनाका गजेन्द्र राईलेले हात पारेका छन् । उनले २४ किलोमिटरको यात्रा १ घण्टा ३६ मिनेटमा पार गरेर कपको उपाधि चुमेका हुन् ।

    यस्तै खुल्ला महिला तर्फ नेपाली सेनाकै विश्वरुपा बुढाले उपाधि हात पारिन् । उनले २४ किलोमिटरको यात्रा १ घण्टा ५६ मिनेटमा पार गरेर उपाधि चुमेकी हुन् । १ सय ७० जनाको सहभागी रहेको उक्त म्याराथन प्रतियोगितामा प्रथम भएसँगै राई र बुढा दुबैले ४४ हजार ४ सय ४४ रुपैयाँ नगद, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    म्याराथनमा खुल्ला पुुरुष तर्फ द्धित्तिय, तृतिय र सान्त्वना क्रमश: श्रीकास राई, नवराज साउद र राम्जी बस्नेत भएका छन् । यस्तै महिला तर्फ द्धित्तिय, तृतिय र सान्त्वना क्रमश: हुमि बुढामगर, निर्मला राई र सुष्मा खड्का रहेका छन् ।

    म्यानाथनमा दोस्रो हुनेले २२ हजार २ सय २२, तेस्रो हुनेने ११ हजार १ सय ११ र चौथो हुनेले ५ हजार ५ सय ५५ रुपैया हात पारेका छन् ।

    यस्तै प्रतियोगिताको ४०–५९ वर्ष सम्मको भेट्रान्स महिलामा राधा श्रेष्ठ र पुरुष भेट्रान्समा भिम बहादुर गुरुङ बिजयी भएका छन् । यस्तै ६० वर्षमाथिको सुपर भेट्रान्समा रामकृष्ण महर्जनले उपाधि चुमेका थिए । सुपर भेट्रान्समा स्थानीय ८६ बर्षिय माधवलाल कर्मचार्य र ७० बर्षिय अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धरको समेत सहभागिता रहेको थियो ।

    यस्तै स्थानीयवासीको पुरुष विधा चौतारा साँगाचोकगढी नगरपालिकाका बिकास तामाङ र स्थानीय भेट्रान्स तर्फ वडा नं. ६ का मोहन बहादुर कुँवरले उपाधि चुमेको साँगाचोकगढी नगर खेलकुद विकास समितिका सह–संयोजक अमृतमान श्रेष्ठले बताए ।

    चौतारा साँगाचोकगढी नगरपालिकाको १२ नं वडामा रहेकाे ऐतिहासिक स्थल साँगाचोकगढीदेखि मानेडाँडा, जल्किने, ईर्खु ,चौतारा हुदै ब्याङ्रचेपानी पुगेर गौरती भिमसेन मन्दिर परीक्रमा गरी टुडिखेल सम्म २४ किलोमिटरको दुरी रहेको हाफ म्याराथनमा ३० जिल्ला खेलाडिहरुको उपस्थिति रहेको थियो । भेट्रान्सको तर्फको सबै इभेन्टभने ईर्खुबाट सुरु भएको र दुरी १५ किलोमिटरको भएको आयोजकले जनाएको छ ।

    ४० देखि ५९ वर्षसम्मको भेट्रान्सको पुरुष र महिलाको दुवै विजेताले समान ९ हजार ९ सय ९९ रुपैया प्रात गरेका छन् । यस्तै दोस्रो हुनेले ५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो हुनेले ३ हजार ३ सय ३३ रुपैया प्राप्त गरेका छन् । यस्तै सुपर भेट्रान्स ६० वर्षमाथिको विजेताले ५ हजार ५ सय ५५ रुपैया प्राप्त गरे ।

    स्थानीय महिला र पुरुष दुवै विजेताले ५ हजार ५ सय ५५ रुपैया, ट्रफी र मेडल प्राप्त गरेका छन् ।

    ऐतिहासिक महत्व बाेकेकाे साँगाचाेकगढीबाट सुरु भएकाे हाफ म्यारथनकाे उद्घाटन बागमती प्रदेशका पुर्वसामाजिक विकास मन्त्री एवम् प्रदेशसभा सदस्य युवराज दुलाल र इर्खुबाट सुरु भएकाे भेट्रान्स तर्फकाे म्याराथन चाैतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले सिठ्ठी फुकेर गरेका थिए ।

    चौतारा साँगाचोकगढी नगर खेलकुद विकास समितिले यसअघि पालिका स्तरिय खुल्ला फुटबल प्रतियोगिता, ‘बी’ डिभिजन स्तरीय खुल्ला फुटबल प्रतियोगिता र गत वर्ष राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो ।

    खेलकुदकाे माध्यमबाट आन्तरिक पर्यटन प्रबर्द्धन गर्नुकाे साथै खेलाडिहरुलाई क्षमता प्रदर्शन गर्ने अवसन प्रधान गर्ने उदेस्यले बर्सेनि विभिन्न खेलकाे आयाेजना गर्ने गरिएकाे नगर खेलकुद विकास समितिका संयोजक गणेश श्रेष्ठले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस