२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

सिन्धुपाल्चोकमा ट्रक दुर्घटना- एक जनाको मृत्यु, चार घाइते

Thumbnail
  • २०८० बैशाख २६, मंगलबार मा प्रकाशित २ साल अघि
  • वैशाख २६, २०८०

    चौतारा । सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।

    सिन्धुपाल्चोकको गणेशे बगरबाट गएराति हेलम्बु गाउँपालिका–२ डोडेनी जाँदै गरेको बा ४ ख ५३८२ नम्बरको आईचर ट्रक दुर्घटना हुँदा सोही गाउँपालिका बस्ने ३० बर्षीया पेमा तामाङको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरी प्रवक्ता प्रहरी निरीक्षक चन्द्रभुषण यादवले जानकारी दिए।

    घाइते चार जनामध्ये गम्भीर घाइते २ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको र २ जना सामान्य घाइते रहेको उनको भनाइ छ।

    ब्रेक फेल भई दुर्घटना प्रहरीको भनाइ छ। चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस