२०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

चुनावपछि फ्रेस हुन सुकुटे पुगे प्रचण्ड, सुनकोसीमा गरे र्‍याफ्टिङ

  • २०७९ मंसिर १४, बुधबार मा प्रकाशित ३ साल अघि
  • मंसिर १४, २०७९

    चौतारा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुकुटे पुगेका छन् ।

    निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा प्रचण्ड रिफ्रेसमेन्टका लागि सुकुटे पुगेका हुन् ।

    अध्यक्ष प्रचण्डसँग सभामुख अग्नि प्रसाद सापकोटा सहित उनको परिवारका सदस्यहरू सुकुटे पुगेका प्रचण्डले निर्वाचनमा सोचेजस्तो परिणाम नआएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् ।

    प्रचण्डको टोलीलाई सिन्धुपाल्चोक १ का नवनिर्वाचित सांसद माधव सापकोटाले स्वागत गरेका थिए ।

    दाहाल सुकुटे स्थित सुकुटे बीच रिसोर्टमा बसेका छन्। प्रचण्डले सुनकोसीमा र्‍याफ्टिङ समेत गरेका छन्।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस