२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

राप्रपाकाे समानुपातिक सूचीकाे पहिलो नम्बरमा राणा

  • २०७९ आश्विन ११, मंगलबार मा प्रकाशित ३ साल अघि
  • असाेज ११, २०७९

    चाैतारा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मतदानबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ पहिलो नम्बरमा रहने उम्मेदवारको नाम टुंगो लगाएको छ।

    पूर्वअध्यक्षद्वय पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीच पहिलो नम्बरमा बस्न हानथाप भएपछि मतदान नै गरिएको हो।

    विवाद मिलाउन राप्रपाले सोमबार निर्वाचन गरेको थियो। कार्यसम्पादन समिति सदस्यहरूले मतदानमा भाग लिएका थिए।

    राणाले ११ र लोहनीले ९ मत ल्याएको एक पदाधिकारीले बताए।

    सोमबार कार्यसम्पादन समितिमा २४ जनामात्रै उपस्थित रहेकोमा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदानमा भाग लिएका थिएनन्। राणा र लोहनी पनि मतदान हुनुअघि नै बैठकबाट बाहिरिएको ती पदाधिकारीले बताए।

    निर्वाचन आयोगले दलहरूलाई समानुपातिकतर्फको बन्दसूची पेश गर्न असोज २ र ३ गते समय दिएको थियो। आयोगले अहिले केही संशोधन गर्नपर्ने भए संशोधन गर्न दलहरूलाई समय दिएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस