२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

‘कांग्रेसले निजीकरण गरेका उद्योगबारे संसदीय छानबिन गरौँ’

  • २०७९ श्रावण ८, आईतबार मा प्रकाशित ३ साल अघि
  • साउन ८, २०७९

    काठमाडाैं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले कांग्रेसको सरकारको पालामा निजीकरण भएका उद्योगबारे संसदीय छानबिनको प्रस्ताव गरेका छन् ।

    आइतवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा एमाले सांसद तामाङले २०४८ सालका गठन भएको सरकारले निजीकरण गरेका उद्योगको अवस्थाबारे संसदीय छानबिन गरेर अध्ययन गर्नुपर्ने बताएका हुन् ।

    ‘२०४८ सालमा बनेको कांग्रेस सरकारले बेलायतको निजीकरण नीतिलाई हुबहु अनुकरण गरेर नेपालका ४ दर्जन उद्योग निजीकरण गरिएको थियो । फलस्वरुप औद्योगिक क्षेत्रको योगदान ५ प्रतिशतभन्दा कम भयो’ तामाङले भने, ‘निजीकरण गरिएका उद्योगहरु कस्तो अवस्थामा छन् रु संसदीय समिति बनाएर छानबिन गरौँ ।’

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस