२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

कांग्रेसद्वारा आचारसंहिता विपरित चुनावमा बालबालिकाको प्रयोग

  • २०७९ बैशाख २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • वैशाख २६, २०७८

    चाैतारा । नेपाली कांग्रेसले आचारसंहिता विपरित चुनावी प्रचारमा बालबालिका प्रयोग गरेको छ।

    बलेफी गाउँपालिका वडा नम्बर २ को बिस्टे अर्याल डाडा क्षेत्रमा बालबालिकालाई उमेदवारको चित्र अङ्कित टिसर्ट लगायर प्रचारप्रसारमा खटाएको पाइएको हाे।

    बालबालिकालाई चुनावमा खटाउनु आचारसंहिता विपरित हो। उमेदवारको चित्र अङ्कित टिसर्ट लगाउन पनि नपाइने व्यवस्था छ। कांग्रेसले दैनिक जस्तो बालबालिकालाई चुनावमा हिडाएको स्थानीयकाे भनाइ छ।

    यसवारे निर्वाचन आयोग समेत मौन रहेको पाइएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस