२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

चौताराको मेयरमा भारती र श्रेष्ठको स्वतन्त्र उम्मेद्वारी

  • २०७९ बैशाख ११, आईतबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ११, २०७९

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा स्वतन्त्रबाट यमबहादुर भारती र कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्।

    निर्वाचन कार्यालयमा पुगेर उनीहरुले मनोनयन दर्ता गराएका छन्। ठुला दलले भने अहिलेसम्म उम्मेदवारी दर्ता गराएका छैनन्। एमालेले चौताराका मेयरमा ईन्द्रबहादुर नेपाल र उपमेयरमा बालकुमारी सापकोटालाई अघि सारेको छ।

    यता, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच कुरा नमिल्दा गठबन्धनको उम्मेदवार टुंगिएको छैन। गठबन्धन कायमै भएपनि चौतारा नगरपालिका माओवादीले पाउने सुनिश्चित छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस