२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

समाजवादी प्रेस संगठनको विशेष भेला ५ पुसमा

  • २०७८ पौष ३, शनिबार मा प्रकाशित ४ साल अघि
  • पुस ३, २०७८

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले यही पुस ५ गते काठमाडौंमा विशेष भेला गर्ने भएको छ।

    उक्त भेलामा करिब ५०० जना सहभागी हुने जनाइएको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने सो भेलामा गठबन्धनका शीर्ष नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको खतरा भन्ने विषयमा छलफल हुनेछ।

    विभिन्न समयमा देशमा भएका आन्दोलनबाट प्राप्त अहिलेको व्यवस्थालाई सङ्कुचित गरी जनताका अधिकारलाई कटौती गर्न अब कसैले पनि नसक्ने सन्देश दिन कार्यक्रम गर्न लागिएको सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए।

    गत वर्ष पुस ५ गते तत्कालीन प्रधानमन्त्रीबाट प्रतिनिधिसभा विघटन भएको दिनलाई प्रतीकात्मक रूपमा मानेर सङ्गठनले देशभरका कमिटीलाई उक्त दिन विरोधस्वरुप जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्न निर्देशन दिएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस