२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

हेलम्बु आगलागी पीडितलाई पूर्वमन्त्री दुलालकाे सहयोग (तस्वीरहरू)

  • २०७८ मंसिर ७, मंगलबार मा प्रकाशित ४ साल अघि
  • मंसिर ७, २०७८

    चाैतारा : हेलम्बु गाउँपालिका इचोकमा भएको आगलागी पीडितलाई बागमती प्रदेशका पुर्वसामाजिक विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालले सहयोग गरेका छन्।

    दुलालसहित वाइसियल जिल्ला इन्चार्ज सुरेश राना, नेकपा माओवादी २ नम्बर क्षेत्रीय अध्यक्ष भरत थापा, हेलम्बु अध्यक्ष पेमा ह्योल्मो जिल्ला कमिटी सदस्य सिपी दुलाल लगायतको टाेली आज घटनास्थल पुगेर राहत सामग्री वितरण गरेको हो ।

    राहतमा प्रति परिवार १७ हजार नगदसहित ३ बण्डल जस्तापाता, खाद्यान्न, भाँडाकुँडा लत्ताकपडालगायतको सामग्री वितरण गरिएको जिल्ला कमिटी सदस्य सीपी दुलालले बताए ।

    साेमबार साँझ इचोक सुर्सिङ झाक्रीटोलमा आगलागी हुँदा ३ बालकको ज्यान गएको थियो ।

    पीडामा रहेका पीडितहरुको लागि केहि सागाग्री वितरण गरेको भन्दै पुर्वमन्त्री दुलालले अागामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस