२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

थकनीका दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

  • २०७८ कार्तिक ३०, मंगलबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक ३०, २०७८

    चौतारा : सिन्धुपाल्चोक जिल्लामा विभिन्न पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गर्नेको संख्यामा वृृद्धि भएको छ। नेकपा एमाले विभाजनपछि नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर चलेको हो।

    मंगलबार मात्रै मेलम्ची नगरपालिका ४ थकनीका दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा परित्याग गरि माओवादीमा प्रवेश गरेका छन्।

    नवप्रवेशीहरुलाई बागमती प्रदेशको पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले स्वागत गरेका छन्। स्थानीयहरुलाई खादामाला लगाएर दुलाले माओवादीमा प्रवेश स्वागत गरेका हुन्।

    मेलम्चीको थकनीमा मात्रै नभएर भोटेकोशी गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, बलेफि गाउँपालिका, हेलम्बु गाउँपालिकामा पनि अन्य पार्टी छाडेर माओवादी प्रवेश गर्नेको संख्या बढेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस