२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

जनताले कांग्रेसलाई विश्वास गरेकाे बेलामा सहि नेतृत्व ल्याउनुपर्छ : रामचन्द्र पाैडेल

  • २०७८ कार्तिक २७, शनिबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक २९, २०७८

    चाैतारा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई गुनासाेरहित बनाउनुपर्ने बताएका छन्।

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्वारा आयोजित श्रद्वाञ्जली सभा लाई सम्बोधन गर्दै पौडेलले भने, ‘जनताको आसा अब कांग्रेसमा मात्र भएकाले जनताको त्यो विश्वासको कदरगर्दै अगाडि बढ्नु विकल्प छैन।’

    जनताको भरोसाको पार्टी बनाउन आशन्न महाधिवेशनले ठुलो भूमिका खेल्ने दाबी गरे। महाधिवेशनले सहि नेतृत्व चुन्नेमा आफु ढुक्क रहेकाे उनको भनाइ छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस